Websoft University

www.radiomakalu.com || 021-522512


मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करण

 Displaying DSC_2024.JPG
   विराटनगर  पुष २१  गते  ।  किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने  उद्देश्यका साथ पुन छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ हुने भएको छ ।
ए–वान इन्टरटेनटमेन्टले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी म्याजीक मिस पूर्वेली सुपर मोडल छैठौं सस्करण गर्न लागेको जनाएको हो ।

    मिस पूर्वेली सुपर मोडलको छैठौ संस्करणको पहिलो अडिसन माघ ८ गते देखी सुरु भई आगामी फागुन १४ गते विराटनगरमा यो प्रतियोगिताको फाइनल हुने  चेयरपर्सन निराजन लुईटेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
     पुर्वी जिल्ल्लामा रहेका १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित किशोरीहरुले सहभागिता जनाउन सक्ने छन् ।  प्रतियोगिताको बिजेताले स्कुटर , फस्ट रनरअफ र सेकेन्ड रनर अफले  स्मार्ट मोबाईल प्राप्त गर्नेछन् । साथै  मिस पूर्वेली सुपर मोडल विजेताले मिस नेपालमा स्वत सहभागी हुन पाउनेछन् ।
    पूर्वाञ्चलको धरान, इटहरी, दमक र विर्तामोडमा छनौट चरणको अडिसन हुने भएको छ । अडिसनबाट व्यतित्व र उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने किशोरीलाई छनौट गरी फाइनलको लागि छनौट गरिने जनाएको छ  । फाइनलमा छनौट भएका प्रतियोगिहरुलाई विराटनगरमा बन्द प्रशिक्षण दिनेछ ।  प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालि प्रदान गरिने कोरियोग्राफर सुम्नीमा खापुङ लिम्बुले  जानकारी दिइन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget