Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङ नगरपालिकाको बजेट ८ करोड ८८ लाख

utgatan-taplejung-nagajpg

ताप्लेजुङ, पुष २९ गते । भवन निर्माण र सडक तथा पुर्वाधार विकासलाई प्राथमिकता दिँदै ताप्लेजुङ नगरपालिकाले शुक्रबार ८ करोड ८८ लाख ८८ हजार रुपैयाँ बराबरको नगर विकास योजना सार्वजनिक गरेको छ ।

चौथो नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यकारी अधिकृत छविलाल राईले आˆनै भवन नहुँदा कार्य सम्पादन गर्न समस्या भएकोले आर्थिक वर्ष २०७४/०७५ को बजेटमा भवन निर्माणका लागि २ करोड लगानी गर्ने जानकारी दिए ।

यस्तै अन्य बजेट सडक तथा पुर्वाधार निर्माणमा, सडक स्तरोन्नति, ढलनिकास, सामाजिक सुरक्षा भत्ता, विभिन्न योजनामा लगानी गर्ने नगरपालिकाले तयारी गरेको छ । चौथो नगर परिषदबाट पारित बजेट गत वर्षको तुलनामा २ करोड ६० लाख ८८ हजारले बढी हो ।

अघिल्लो वर्ष तेस्रो नगरपरिषद् भेलाले ६ करोड २८ लाखको बजेट पारित गरेको थियो । अघिल्लो वर्ष नगरपालिका भित्रका सडक, ढलनिकास, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो भने यस वर्ष भवन निर्माणसँगै बालबालिकाको लागि बाल उद्यान निर्माण, सबै वडालाई जोड्ने सडक निर्माण तथा स्तरोन्नति, दमकलका लागि आवस्यक पानीका लागि पोखरी निर्माण, हाट बजार व्यवस्थापनलाई बढी प्राथमिकता दिएको कार्यकारी अधिकृत राईको भनाई छ ।

२०६८ मा स्थापना भएको नगरपालिकाले गत वर्षको माघ महिनादेखि भवन संहिता लागू गरी, साउनदेखि एकीकृत कर लगाउने निर्णय गरेको भए पनि कडाईका साथ लागु गर्न भने सकेको छैन ।

नगर परिषदबाट वर्षेनी रकम बढाएर योजना सार्वजनिक गरे पनि नगर भित्र अव्यवस्थित टहरा निर्माण बढिरहेपछि हटाउन तथा रोक्न, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्न नगरपालिकाले अग्रसरता नदेखाउँदा नगरपालिका भित्रैको बजार क्षेत्र अव्यवस्थित बनिरहेको छ ।

शुक्रबार सम्पन्न चौथो नगरपरिषदमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी पूर्व सभाषद, कार्यालय प्रमुख तथा राजनीतिक दल र नगरवासीको उपस्थिति थियो ।-रविन भट्टराई,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget