Websoft University

www.radiomakalu.com || 021-522512


भोलि संशोधन प्रक्रिया अघि बढ्छ, रोक्न खोजे एमाले नाङ्गिन्छः प्रधानमन्त्री





काठमाडौं पुस २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने व्यवस्थापिका संसद बैठकबाट संविधान संशाेधन प्रक्रिया अघि बढ्ने बताएका छन् । उनले सर्वोच्चले संशोधन प्रस्ताव अघि बढाउन मार्गप्रशस्त गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधको प्रयास गरे उ आफैं नाङिगने तर्क गरे ।


शनिबार राजधानीमा आयोजित पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संशोधन प्रस्ताव आन्तरिक राष्ट्रियता बलियो बनाउन ल्याइएको भन्दै यसको विरोध गरिनुको कुनै औचित्य नहुने बताए ।
‘सबैलाई पहिचानसहितको अधिकार दिलाउन सकिए राष्ट्रिय एकता सम्भव छ । अहिले हामीले संविधानलाई सर्वस्वीकार्य बनाउन खोजेका हौं’, प्रचण्डले भने, ‘त्यसैकारण संशोधन गर्नु पर्ने देखिएकालेले भोलिदेखि प्रक्रियामा अघि बढ्छ । भोलिपनि संशेधन अवरुद्ध गरिए एमालेलगायतको लोकतन्त्र उदांगिनेछ । सबैले थाहा पाउनेछन् ।’
सर्वोच्चले फैसला अघि मान्दै अघि बढ्दा कसैले विरोध गर्न नसक्ने भन्दै प्रचण्डले यदी एमालेले विरोध गर्यो नै भने त्यो लोकतन्त्र र विधिको शासनको उपहार हुने उनको भनाई छ ।
सरकारले सबै जातजाती, भाषाभाषीको एकता चाहँदा सरकारले राष्ट्रघाती हुने तर एकै वर्गको वकालत गर्नेचाहिँ कसरी राष्ट्रवादी हुने भन्दै कटाक्ष समेत गरे ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget