Websoft University

www.radiomakalu.com || 021-522512


स्वच्छ दूध उत्पादन र व्यवस्थापन विधि





कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्ध उद्योगको महत्वपूर्ण योगदान रहेको छ । विगत केही वर्षमा दूध उत्पादनमा पनि सराहनिय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै निजी क्षेत्रहरु दुग्ध उत्पादन र बिक्री वितरण एवं प्रशोधन क्षेत्रमा अग्रसरता देखाएका छन् । स्वच्छ दूधको उपार्जनको आधारमा स्वच्छ दूधको उत्पादनको माग निरन्तर बढिरहेको स्थिति छ । तर प्रतिस्पर्धाको यस युगमा हामी तब मात्र अघि बढ्न सक्छौँ, जब उपभोक्ताहरुलाई सर्वोत्तम सुरक्षित तथा राम्रो स्वादको दूध एवं दुग्ध उत्पादन उपलब्ध गराउन सक्छौं ।
डा. केदार कार्की

    स्वच्छ दूधबाट नै गुणस्तरयुक्त उत्पादनहरु तयार पार्न सकिन्छ । दूधको गुणस्तर कायम राख्नका लागि कठोर प्रकृतिको नियम लागू गरी प्रमाणिक तरिका दूध उत्पादन गरिनुपर्दछ । दूध एउटा प्राकृतिक एवं सन्तुलित भोजन मानिन्छ । यसले मानव शरीरको वृद्धि एवं विकासका लागि लगभग सबै खाले पोषक तत्व उपलब्ध गराउँछ । कुनै किसिमको फोहोर नमिसिएको, शरीरको स्वास्थ्यको दृष्टिकोणले राम्रो स्वाद भएको, पौष्टिक तत्वयुक्त, जीवाणुको सङ्ख्या कम भएको, एन्टिबायोटिक को अवशेष नभएको, लामो समयसम्म सञ्चय गर्न सकिने दूध नै स्वच्छ दूध हो ।
    आद्रताका कारण दूधमा सूक्ष्म जीवाणुको सङ्ख्या वृद्धि भएर धेरै खाले खतरनाक रोग पनि उत्पन्न हुन सक्दछ । स्वस्थ्य पशुको फाँचोबाट निस्कने दूध उत्पादन जीवाणुको सङ्ख्या ५०० देखि २,००० जीवाणु प्रति मिलि लिटर हुने गर्दछ । यो दूध उत्पादन प्रशोधनका विभिन्न चरणहरुमा दुषित हुँदै कैयौँ लाख मिलिमिटर हुन पुग्दछन् । त्यसैले दूध उत्पादनदेखि उपभोगसम्मका प्रत्येक शृङ्खलामा दूधको गुणस्तरमा ध्यान दिन जरुरी हुन्छ । यसका लागि राम्रो व्यवस्थापन तथा सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । दूध उत्पादनको स्तरमा पानी, वायु, वातावरण, दूध दुहुने, भण्डार गर्ने क्रममा फोहोर कुरा तथा उपकरणहरुवाट सुरक्षित राख्नु पर्दछ । दूध ढुवानी तथा प्रशोधनमा सावधानी अपनाई दूधको गुणस्तर राम्रो राख्न सकिन्छ ।

    दूध व्यावसायबाट ज्यादा लाभ लिन, आर्थिक समृद्धि प्राप्त गर्न, उत्पादनको गुणस्तर कायम राख्न र सञ्चय अवधि वृद्धिका गर्न यस्तो सावधानी अपनाउनु पर्छ । मानिसबाट पशुमा, पशुबाट मानिसमा हुने रोगको सङ्क्रमणबाट बचाउन विश्व व्यापार सङ्गगठनको गुणस्तर मापदण्ड पालना गर्नका लागि दूगधजन्य पदार्थको सुरक्षा अपनाउनु पर्छ ।
    स्वच्छ दूध उत्पादनका लागि निम्न कुराहरु अवलम्बन गरिनु आवश्यक हुन्छ ः
    प्रायः पशु बाँध्ने ठाउँ फोहोर हुँदा तिनको फाँचो र छालामा गोबर, मोटो, रौं, घाँस, दाना आदिको फोहोर टाँसिने गर्दछ । यसले दूध दुषित तथा सङ्क्रमित हुने गर्दछ । अतः पशुका लागि स्वच्छ गोठको व्यवस्था हुनुपर्दछ । गोठ अग्लो ठाउँमा पानी नजम्ने, झिँगा, लामखुट्टेबाट मुक्त स्थानमा हुनुपर्दछ । गोठको भुइँ अलि भिरालो हुनुपर्दछ । यसले गोबर पिसाब सजिलै निकाश हुन सकोस् । गोठमा दूध दुहनु भन्दा २, ३ घण्टा अघि वा पछि समय समयमा किटनाशक औषधि छर्नुपर्दछ । जसले गर्दा यसको दुर्गन्धबाट दूधलाई बचाउन सकियोस् । गोठलाई यथासम्भव सुख्खा राख्नुपर्छ र बाँकी रहेको घाँस पराल दाना गोबर पिसाब निकाली नियमित सफा गर्नुपर्छ । दाना पानी खुवाउने भाँडा नियमित सफा गर्नुपर्छ । प्रत्येक १५ दिनमा थुनेलो रोगका लागि दूधको संरचना तथा पशुको जाँच कैलीको फोर्निया मेस्टाइटिस टेस्ट वा मैसट्रिप प्रयोग गरी गर्ने बेला बेलामा पशुलाई टीभी, ब्रुसेला, खोरैत जस्ता सङ्क्रामक रोगको परीक्षण गराउनुपर्दछ । पशुहरुलाई नियमित खोप लगाउनुपर्छ । धुलो माटो, फोहोरबाट पशुलाई बचाउन नियमित सफाइ गर्नुपर्दछ । बिरामी पशुलाई निरोगी पशुभन्दा बेग्लै राख्नुपर्दछ । शरीरको पछाडिको भाग, पुच्छर तथा फाँचो नजिकको लामो रौं बेला बेलामा काट्नुपर्दछ ।

    पशुको दाना आहारा एक्कसि बदल्नु हुँदैन । पशुलाई खनिज लवणयुक्त सन्तुलित दाना आहार दिनुपर्दछ । काउली, सलगम, प्याज, लहसुन जस्ता तरकारी पशुलाई खान दिनु हुँदैन । जसले दूधमा दुर्गन्ध उत्पन्न गराउँछ । बासी, ढुसी परेको, किटनाशक सङ्क्रमित दाना पशुलाई दिनु हुँदैन ।

    राम्रो गुणस्तरको दूध उत्पादनमा दूध दुहने कार्यमा संलग्न मानिसको भूमिका त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले दूध दुहुने मानिस हैजा, टाइफड, टीभी, रुघाखोकी हातमा सङ्क्रमित घाउ, चोटबाट मुक्त भएको हुनुपर्दछ ताकि सङ्क्रमण रोक्न सकियोस दूध दुहुने मानिसको लुगा सफा, कपाल, दाह्री, नङ आदि राम्रोसित काटेको हुनुपर्दछ । दूध दुहुने मानिसले दूध दुहुनुभन्दा पहिले तथा दूध दुहिसकेपछि हात राम्रोसित धुनपर्दछ ।

    प्रायः गाईलाई दूध दुहँुदा दुहियाँ पछिल्लो खुट्टा डोरीले बाँध्ने चलन छ । यसरी बाँध्ने डोरी गोबर हिलो दूधको सिर्का लाग्नाले फोहोर हुने गर्दछ । त्यसैले डोरीलाई बेलाबेलामा साबुन पानीले धोएर सुकाएर सफा गर्नुपर्दछ । दूध दुहनुभन्दा पहिला धुन फाँचोलाई सफा पानीले सफा गरी सुकाउनपर्छ । दूध दुहुँदा थुनलाई मुठीभरी पारी ५ ७ मिनेटमा दूध दोही सक्नुपर्छ । दूध दुहुँदा पहिलो थुनबाट निस्कने सिर्का छुटै कप गिलासमा दोहेर टाढा फाल्नु पर्छ । दूध सुख्खा हातले दुहनुपर्दछ, हातमा तेल नौनी वा दूध लगाएर दुहुनु हुँदैन । यसबाट सङ्क्रमणको डर हुन्छ । दूध दुही सकेपछि फाँचो सफा कपडाले पुछेर सफा गरी एन्टिबायोटिक लगाउनुपर्दछ । दूध दुहुने वित्तिकै पशुलाई बस्न दिनुहुँदैन । अन्यथा दूध दुहँुदा खुलेको थुनको मुखबाट सङ्क्रमण हुने जोखम हुन्छ । एन्टिबायोटिक प्रयोग गरी उपचार गरिएको पशुको दूध अरु पशुको दूधमा मिसाउनु हुँदैन । थुनेलो ग्रस्त पशु सबै भन्दा अन्तिममा दुहुनुपर्दछ । दूधलाई छोटो समयमा नै सङ्कलन केन्द्रमा लानुपर्दछ । दूधलाई चाँडै चिसो पार्नुपर्दछ । दूध चिस्यान केन्द्रमा दूध ओसार्दा त्यसमा अन्य सामग्री ओसारनु हुँदैन ।

    दूधको उत्पादन राम्रोसँग गर्नाले यसको प्रारम्भिक गुणस्तर राम्रो हुन्छ नै साथै यस्तो दूधबाट प्रशोधन गरी तयार पारिने दूधजन्य उत्पादन पनि गुणस्तरीय र सफा अनि स्वस्थ पनि हुन्छ । जसले बजारमा बढी मूल्य पनि पाउँछ । यसबाट व्यवसायीले राम्रै नाफा कमाउन सक्छ र उपभोक्ताले पनि स्वच्छ शुद्ध सफा स्व्स्थ्य दूध तथा दूध जन्य उत्पादन उपभोग गर्न पाउने सुनिश्च हुन्छ ।

    Post a Comment

    MKRdezign

    {facebook#http://fb.com/www.bhawesh.com.np}

    Contact Form

    Name

    Email *

    Message *

    Powered by Blogger.
    Javascript DisablePlease Enable Javascript To See All Widget