Websoft University

www.radiomakalu.com || 021-522512


टेलिकमले पनि ग्राहकको ब्यालेन्स सकिँदा ‘पैँचो’ दिने

Nepal-Telecome

काठमाडौं,पुष २५ गते । नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले प्राविधिक तयारी लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।



टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक संस्था एनसेलले यसअघि नै सापटी सेवा सुरु गरिसकेको छ । जुन, युवापुस्तामाझ निकै रुचाइएको पनि छ । त्यसैलाई पछ्याउँदै टेकिलमले पनि ब्यालेन्स ‘पैँचो’ लिने सेवा सुरु गर्न लागेको हो ।

टेलिकम उच्च स्र्रोतकाअनुासर टेलिकमका यो सेवा एनसेलको भन्दा भिन्न हुनेछ । तर, अहिले नै कति रकमसम्म सापटी लिन पाइने भन्ने टुंगो नलागेको ति अधिकारीले बताए ।

‘हामीले केही दिनभित्रै त्यो निर्णय पनि गर्नेछौं’ उनले भने,’प्राविधिकहरुले सेवा सुरु गर्न अब कम्तिमा एक महिना लाग्ने बताएका छन् । हामी अन्तिम गृहकार्यमा छौं ।’

सेवाको सुरुवात पछि टेलिकमका प्रिपेड ग्राहकले आफ्नो ब्यालेन्स सकिएपछि कम्पनीसँग तोकिए बराबरको रकम सापटीका रुपमा लिन पाउनेछन् । जुन सापटी रकम अर्को पटक रिर्चाज गर्दा काटिनेछ । पैँचोको रुपमा यसलाई दिइने भएकाले ग्राहकले भुक्तानी गर्नुपर्ने छ ।

यसको सम्पूर्ण मोडालिटी बनिनसकेकाले सेवा थाल्न केही समय अझै लाग्ने उनले बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget