Websoft University

www.radiomakalu.com || 021-522512


गर्माउदो ब्याज बजार, अधिकांश बैंकबाट ग्राहकले ८ प्रतिशतबढि ब्याज पाउदै



‘बाहिरको तापमान घट्दो छ, तर हाम्रो ब्याजदर भने बढ्दै छ’ लक्ष्मी बैंकले ब्याजदरको मौसम खबर भन्दै प्रकाशित गरेको सुचनामा उल्लेखित यो वाक्य जस्तै अहिले ब्याज बजार पारो बढ्दो क्रममा छ ।
अहिले व्यक्तिगत लगानीकर्ताले नै मुद्दती निक्षेपमा १० प्रतिशतसम्म ब्याज पाइरहेका छन् । संस्थागत लगानीकर्ताहरुले ११ प्रतिशतसम्म ब्याज पाइरहेको बैंकहरुहरु बताउँछन् । अहिले हरेक दिन बैंकहरुले ब्याजदर वृद्धि सहित नयाँ/नयाँ बचत योजनाहरु सार्वजनिक गरिरहेका छन् । अधिकांश बैंकको ब्याजदर ८ प्रतिशतभन्दा माथी दिने गरी सुचना सार्वजनिक गरिरहेका हुन् । जनता बैंकले त सबै बैंकभन्दा धेरै ब्याजदर दिने भएको छ ।

कसको कति ब्याजदर ?





केही वर्षयता औसत ६.२५ प्रतिशतको हाराहारीमा रहेकोमा ब्याजदर बैंकहरुका अनुसार निक्षेप बढ्न नसक्दा र ‘लगानी योग्य रकम’ कम भएपछि अहिले उच्च वृद्धि भएको हो । यता, राष्ट्र बैंकको कात्तिकसम्मको तथ्यांकलाई हेर्ने हो भने गत असारयता समग्र बैंकिङ प्रणालीमा रहेको निक्षेपमा २३ प्रतिशतसम्म वृद्धि भएर २१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । यो नेपालको कुल ग्राहस्थ उत्पादनको करिब ९७ प्रतिशत हिस्सा बराबर हो ।

किन बढ्यो त ब्याजदर ?

बैंकहरुले संकलन गर्ने निक्षेप मात्र बढिरहेको छैन्, कर्जामा पनि गत असारयता मात्रै ३३.२४ प्रतिशतले वृद्धि भएर १७ खर्ब रुपैयाँ पुगेको छ । कुल गार्हस्थ उत्पादनको तुलनामा कर्जा लगानी पनि ८० प्रतिशत हिस्सा बराबर हो ।

लगानी योग्य रकम कम भएकै कारण निक्षेपमा ब्याजदर वृद्धि गरेर भएपनि बैंकहरुले पुँजी आकर्षित गरिरहेका छन् । अहिले वाणिज्य बैंकहरुले आफुसँग रहेको निक्षेपको करिब ८२ प्रतिशतसम्म पुँजी कर्जा लगानी गरिरसकेका छन् । कोर क्यापिटल र निक्षेप जोडर हुने पुँजी को ८० प्रतिशत रकममात्र कर्जा लगानी गर्न पाइने र यो अनुपात कायम गरेर रहने २० प्रतिशत रकम यस्तो लगानीमा प्रयोग गर्न नपाइने व्यवस्था छ ।

सरकारी खर्चमा वृद्धि नहुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको र बैंकिङ प्रणालीमा पनि पुँजी नथपिएको बैंकरहरु बताउँछन् । ‘सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन्, यो कारण दातृ निकायबाट प्रस्तावित कार्यक्रमहरुलाई आउने अनुदान सहयोग पनि प्रणालीमा आउन सकेको छैन्,’ नेपाल बैंकर्स एशोसिएशनका पुर्व अध्यक्ष उपेन्द्र पौड्यालले बताए । स्रोत परिचालनको तुलनामा सरकारी खर्च बढ्न नसक्दा कात्तिकसम्ममा राष्ट्र बैंकमा रहेको सरकारको नगद मौज्दात नै १ खर्ब ९५ अर्ब रुपैयाँ छ ।

पुँजी उपलब्धतामा विवाद

बैंकहरुले कर्जा लगानीको लागि पुँजी अभाव रहेको भन्दै महिनौ अघिदेखि राष्ट्र बैंकको ध्यानाकर्षण गराइरहेपनि राष्ट्र बैंकले यसमा सम्बोधन गरेको छैन् । केही बैंकमा मात्र तरालता (पुँजी अभाव)को अवस्था कसिलो भएको मान्दै आएको राष्ट्र बैंकले आत्तिनुपर्ने अवस्था नआएको भन्दै त्यसलाई टार्दै आएको छ । यद्यपी पुस १८ गते राष्ट्र बैंकले आफुसँग रहेको १ अर्ब ८३ करोड रुपैयाँ बिभिन्न वाणिज्य बैंकमा मुद्दती निक्षेपको रुपमा राख्न आवहान गरेको छ ।

राष्ट्र बैंकले भने जस्तै बैंकहरुसँग लगानी योग्य पुँजी अझै बाँकी रहेको पुष्टि गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंकले घरजग्गा कर्जा नै ७.२५ प्रतिशतको दरमा प्रदान गर्ने घोषणा गर्यो । अन्य बैंकहरु निक्षेपको ब्याज दर बढाइरहदा यस बैंकले भन सस्तोमा घरकर्जा जारी गर्ने घोषणा पछि एउटा तरङ नै ल्यायो । ठुला बैंकहरुको पकडमा ठुला संस्थागन निक्षेप रहेकोले पनि यस्तो परिदृश्य देखिएको राष्ट्र बैंकले बताउदै आएको थियो ।

कर्जामा अनावश्यक वृद्धि भएको विषयमा पनि बैंकर र राष्ट्र बैंकबीच फरक मत रहदै आएको छ । पुर्वगभर्नर डा. युवराज खतिवडाले समेत बैंकहरुले घरजग्गा, सेयर तथा अटोजस्ता अनुत्पादक क्षेत्रमा कर्जा विस्तार वृद्धि गरिरहेकोमो आलोचना गर्दै आएका छन् ।

गत कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने सबै खाले घरजग्गा कर्जामा कुल कर्जाको १५ प्रतिशत र रियल इस्टेटमा (१ करोड माथीको) कर्जामा ६ प्रतिशत मात्र लगानी भएको देखिन्छ । तर, ओभरड्राफ्ट कर्जाको नाममा पनि घरजग्गा कर्जा र सेयर कर्जा गइरहेको भन्दै राष्ट्र बैंकका अधिकारीहरुको धारणा सार्वजनिक हुँदै आएको छ ।

तर बैंकरहरु भने केही बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पद्धतीलाई मात्र हेरेर समग्र क्षेत्रको विश्लेषण गर्न नहुने बताउँछन् । ‘केही संस्थाले कर्जा लगानी गर्न सकेका छैनन्, त्यसैले यस्ता क्षेत्रमा बढि कर्जा प्रवाह गरिरहेका पनि छन् तर त्यसको दोष सबै बैंकहरुलाई लगाउँन मिल्दैन्, समग्र क्षेत्रको अध्ययन गर्न आवश्यक हुन्छ,’ बैंकर्स पौड्यालले उल्लेख गरे । यता, राष्ट्र बैंकले चालु आव २०७३/७४ मा आन्तरिक कर्जा २५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ, असोजसम्ममा यस्तो कर्जा प्रवाह १९ प्रतिशत पुगेको छ । तर पुर्वगभर्नर खतिवडाले आर्थिक वृद्धि गर्ने क्षेत्रमा कर्जा गए नगएको हेर्नुपर्नेमा जोड दिदै आएका छन् ।-विजयराज खनाल,
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget