Websoft University

www.radiomakalu.com || 021-522512


सेलिबे्रटी अफ कमनम्यान २०१७ हुने





प्रेम देवान ,




विराटनगर , पुष १९ गते । छिमेकी मुलुक भारतमा कलर्सटिभीबाट हाल प्रशारण भईरहेको विग–वोस टाईपको सेलिब्रेटी रियालिटी शो नेपालमा पनि हुने भएको छ ।

जसको नेपाली शोमा सेलिबे्रटी अफ कमनम्यान २०१७ हुनेभएको छ । पल ईन्टरटेन्डमेन्ट प्रालि काठमान्डौ र एक्टिभ ईन्टर नेशनल मिडीया प्रालि विराटनगरको संयुक्त आयोजनमा यस किसीमको रियालिटी हुन लागेको हो । एक्टिभ ईन्टरनेशनल मिडीया प्रालि विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी शो हुने बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एक्टिभ ईन्टरनेशनल मिडीयाको सचिव राज रोय कर्मकारले अहिले सम्म नेपालमा यस किसीमको रियालीटी सो नगरेको बताए । नेपालमा फेशन तथा मोडलिङ्ग , गायन प्रतिभा, नृत्य प्रतियोगिता जस्ता शो हुने गरेता पनि सेलिब्रेटीहरुको दैनिक शो हेर्न आम दर्शकलाई चासो हुने भएकाले पनि रियालिटी गर्न लागिएको हो ।

यस रियालिटी शोमा भाग लिन १८ देखी ४५ वर्ष सम्मका जुन सुकै कार्य क्षेत्र तथा सम्प्रदायका महिला तथा पुरुषले भाग लिन सक्ने छन्. । फाईनल राउण्डमा १५ जना आमसर्वसाधारण तथा ५ जना राष्ट्रिय स्तरका कलाकारहरु समावेश हुनेछन् ।

रियालिटिको लागी अहिले विराटनगरमा धमाधम फारम वितरण भईरहेको एक्टिभ मिडीयाकी अध्यक्ष आभाअनुपमाले जानकारी दिईन् । नेपालका मुख्य शहर काडमान्डौ, पोखरा, हेटौडा, बुटवल, नारायणघाट,ईटहरी, धरान,धनकुटा,ईलाम र दमक जस्ता शहरहमा अडिशन गरिने अध्यक्ष आभा अनुपमाले बताईन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget