Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत



काठमाडौँ, पुस २४ गते । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन ९कसुर तथा सजाय० विधेयक, २०७३’ प्रस्तुत गर्नुभयो ।



त्यसअघि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ती विधेयक आवश्यक भएको बताउँदै मन्त्री नायकले दुबै विधेयक सदनसमक्ष प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

विभिन्न समितिमा सदस्य हेरफेर
व्यवस्थापिका–संसद्अन्तर्गतका विभिन्न समितिका सदस्यहरूको हेरफेरमा पनि आजैको बैठकले सहमति जनाएको छ ।
त्यसअघि, सभामुख ओनसरी घर्तीले समितिका सदस्यहरूको नाम र हरेफेरसम्बन्धी जानकारी दिँदै सहमति जनाउन सदनसमक्ष आग्रह गर्नुभएको थियो ।
महाअभियोग प्रस्तावमाथिको छलफल समाप्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोगको प्रस्तावमाथिको छलफल आज टुङ्गिएको छ । बैठकले महाअभियोगको छानबिन गरी सिफारिस गर्ने प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउने निर्णय सर्वसम्मतले गरेको हो ।
महाभियोग प्रस्तावमा छलफल गर्ने कार्यक्रम आजको बैठकको कार्यसूचीमा समावेश गरिएको भएपनि त्यसमा कुनै पनि सांसदले भाग नलिएकाले सभामुखले छलफल समाप्त भएको घोषणा गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget