Websoft University

www.radiomakalu.com || 021-522512


अन्तिम टेष्टमा पाकिस्तानले पायो ४६४ रनको लक्ष्य

aus-vs-pak

पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा अष्ट्रेलियाले २४१ रनमा दोस्रो पारी अन्त्यको घोषणा गरेको छ । र, पाकिस्तानलाई ४६४ रनको विजयी लक्ष्य लिएको छ ।

चौथो दिन नै दोस्रो पारी थालेको अष्ट्रेलियाले ३२ ओभरमा मात्र खेल्यो र २ विकेटको क्षतिमा २४१ रन बनाएपछि पारी समाप्तिको घोषणा गर्‍यो । उसका उस्मान ख्वाजा ७९ र पिटर हृयाण्डसकम्ब ४० रनमा अविजित रहे । स्टिभ स्मिथले ५९ रन बनाए भने डेभिड वार्नरले ५५ रनको योगदान दिए ।

यसअघि ८ विकेटको क्षतिमा बनाएको २७१ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तान ३१५ रन बनाउँदा अलआउट भयो । अष्ट्रेलियाले पहिलो पारीमा ५३८ रन बनाएको थियो ।

तीन टेष्टको सिरिज २-० ले अष्ट्रेलियाले आफ्नो पक्षमा पारिसकेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget