Websoft University

www.radiomakalu.com || 021-522512


बिल्बाओले बार्सिलोनालाई हरायो


barcelona-messi
स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ ।

९ खेलाडीमा सिमित बिल्बाओले बार्सिलोनालाई २-१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बिल्बाओले २५ औं मिनेटमा एडुरिजको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै विलियम्सले टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा बार्सिलोनाले केही सुधारिएको प्रदर्शन गर्‍यो । ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बिल्बाओको अग्रता २-१ मा झारे ।

७४ औं मिनेटमा राउल गार्सिआ र ८० औं मिनेटमा इटिआजोले रातो कार्ड पाएपछि बिल्बाओ ९ खेलाडीमा सिमित भयो । तर, बार्सिलोनाले यसको फाइदा लिन सकेन । अन्तिम समयमा मेस्सीको प्रहार बारमा लागेपछि बार्सिलोनाले २-१ को हार स्वीकार गर्‍यो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget