Websoft University

www.radiomakalu.com || 021-522512


डेढ लाख पुरस्कार राशीको राष्ट्रिय भलिवल मंगलबारदेखि

volleyball

दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।

आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी मंगलबारदेखि शुक्रबारसम्म चल्ने जानकारी दिएको हो ।

प्रतियोगितामा बिभिन्न क्षेत्रका १६ भन्दा बढी टोलीको सहभागिता रहने आयोजक जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए । जसमा पुर्बाञ्चल र सुदुपर पश्चिमाञ्चलबाट समेत टोली सहभागी हुने उनले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेताले डेढ लाख पुरस्कार पाउनेछन् । पहिलो संस्करणमा ५१ हजार पुरस्कार रहेकोमा अहिले पुरस्कार राशीमा तीनगुणा बृद्धि गरिएको छ ।

उपबिजेताले ७५ हजार, तेस्रो हुनेले ५० र चौथो हुनेले ३० हजार नगद पाउनेछन् ।

प्रतियोगितामा बिभागीय टोलीलाई सहभागी गराइएको छैन । र प्रत्येक टोलीले बिभागबाट खेल्ने तीनभन्दा बढी खेलाडी राख्न नपाउने नियम पनि बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको छ । जसका लागि राष्ट्रिय खेलकुद परिषद, र अन्य निजी संस्थाहरुबाट पनि सहयोग संकलन गरिएको। -अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget