Websoft University

www.radiomakalu.com || 021-522512


मड्रिडलाई पछि पार्दै म्यानचेस्टर युनाइटेड बन्यो धनी क्लब


Manchester United

रियल मड्रिडको ११ बर्षे यात्रा तोड्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वकै धनी क्लब बनेको छ ।

डेलोइटद्वारा प्रकाशित तथ्यांक अनुसार म्यानचेस्टर युनाइटेडले सन् २०१५/१६ को सिजनमा ६८९ मिलियन युरो राजश्व उत्पादन गरेको छ । यो त्यसअघिको सिजनको भन्दा १०० मिलियन युरोले बढी हो ।

राजश्व उत्पादनको हिसावले शीर्ष २० क्लवले त्यसअघिका सिजनभन्दा १२ प्रतिशतले बृद्धि गर्दै ७.४ विलियन युरोको नयाँ कीर्तिमान समेत बनाएको छ ।

डेलोइट फुटबल मनी लिगमा म्यानचेस्टर युनाइटेड सन् २००३/०४ को सिजनपछि पहिलो पटक शीर्ष स्थानमा फर्किएको हो ।

यसअघि ११ पटकसम्म शीर्ष स्थानमा रहेको रियल मडि्रड तेस्रो स्थानमा झरेको छ भने उसको स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोनाले दोस्रो स्थान कायमै राखेको छ ।

जर्मन महारथी बार्यन म्युनिख र इंग्लिस टोली म्यानचेस्टर सिटी राजश्व उत्पादनको मामलामा चौथो र पाँचौं स्थानमा छन् । दुबै क्लब पहिलो पटक शीर्ष पाँचभित्र परेका हुन् ।३.२ विलियन युरोको राजश्व उत्पादनसँगै शीर्ष २० भित्र आठ पि्रमियर लिग क्लबले स्थान बनाएका छन् । इंग्लिस च्याम्पियन लिसेस्टर सिटीले २० औं स्थानमा रहँदै डेलोइट फुटबल मनी लिगमा प्रबेश पाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget