Websoft University

www.radiomakalu.com || 021-522512


एकभन्दा बढि स्टक मार्केट हुँदा बजार ‘डिस्टोर्ट’ हुन्छ : गभर्नर



nepal-stock-exchange-1
काठमाडौं,पुस २९ गते । । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २४ औं बार्षिकोत्सव कार्याक्रममा सरोकारवालाहरुले नेप्सेलाई क्रमिक रुपमा भएपनि निजीकरणमा लैजानु पर्नेमा जोड दिएको छन् ।

‘अहिले नै बजारमा अनेकन कुरा सुनिन्छ थप एक्सचेन्ज हुँदा बजारमा डिस्टोर्ट (दिगभ्रमित) हुन जान्छ, अहिले अन्तराष्ट्रिय बजारमा एक्सचेन्जहरु मर्ज भइरहेका छन्, प्रविधिको बिकासले सबै सम्भव भएको छ, हामी भने अहिलेपनि अद्र्धस्वचालित प्रणालीमा नै छौं,’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भने । उनले नेप्सेको निजीकरण आवश्यक भएको र त्यसमा रहेको राष्ट्रको ३४ प्रतिशत स्वामित्व हटाउन काम भइरहेको जानकारी दिए ।
नेप्सेका अध्यक्ष रामजी रेग्मीले पनि एक्सचेन्जको चरणबद्ध रुपमा निजीकरण हुनुपर्नेमा जोड दिए ।

धितोपत्र र नेप्सेको विवाद मिलाई देउ

अध्यक्ष रेग्मीले धितोपत्र बोर्ड र नेप्सेबीच सहकार्य हुन नसकिरहेको भन्दै उनले यसको लागि सरकारले समेत पहल गर्नुपर्ने अप्रत्यक्ष आग्रह गरे ।
‘नेपाल सरकारले नै सहकार्यको लागि निर्देशन दिनुपर्ने हो की, धितोपत्र बोर्ड आफै नियामक भएकोले उसैले नै बोलाएर छलफल चलाउनुपर्ने हो कि,’ रेग्मीले प्रतिप्रश्न गरे । उनले नियामकहरुले सबै सरोकार राखेर समयसमयमा (मासिक रुपमा) छलफल नै चलाउन सकेको खण्डमा बजारमा के भइरहेको छ भन्ने जानकारी सर्वसाधारणहरुमा पनि जाने , बजार प्रति लगानीकर्ताको आतमविश्वास पनि कायम रहने दाबी गरे ।

उनले धितोपत्र बोर्डले समयमै नियमहरु पारित नगरिदिएकोमा पनि गुनासो गरे । नेप्सेले पठाएको ७ वटा बिनियमावलीहरु धितोपत्र बोर्डबार्ट स्वीकृत पनि नभएको र सुधारको लागि पनि नआएको बताए ।

विवादित ओटीसीमा अलग्गै लिखित धारणा

नेप्सेले प्रस्तुत गरेको प्रतिवेदनमा सूचीकरण नभएका कम्पनी र सूचीकरणबाट बाहिरीएका कम्पनीको ओभर दि काउन्टर (हालको कारोबार प्लाटर्फम बाहिर) कारोबार गराउन अलग्गै कम्पनी स्थापना गर्ने उल्लेख गरिएको छ । तर यस विषयमा पनि धितोपत्र बोर्ड र नेप्सेबीच विवाद चर्किएपछि नेप्से अलग्गै कम्पनी खोल्ने सोचमा नै नरहेको देखिन्छ ।

कार्यक्रममा भेटिएका नेप्सेका एक अधिकारीले स्रोत उल्लेख नगर्ने शर्तमा भने । ओटीसी सेवा शुल्कमा कटौती भएपछि कम्पनी खोल्ने सोचमा बाधा आएको ती अधिकारीले भने । ‘निशुल्क कारोबार गर्न पर्ने भएमा किन कम्पनी खोलेर लागत मात्र बढाउने,’ ती अधिकारीले प्रतिप्रश्न गरे । धितोपब बोर्डले यस्तो कारोबारमा सेयर बिक्रीकर्तासँग मात्र शुल्क लिन निर्देशन दिएको थियो ।

६ महिनामै बजारमा १ खर्ब बढिको कारोबार

नेप्सेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु आवको ६ महिनामा नै कारोबार रकम १ सय २१ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब पुगेको छ । गत आवभरीमा भने १ खर्ब ६३ अर्बको कारोबार भएको थियो ।
समिक्षा अवधिमा कुल बजार पुँजीकरण (कुल सुचीकृत सेयरको मूल्य) २० खबै रुपैयाँसम्म पुगेको थियो । गत आव पुँजीगत लाभकारबाट नेप्सेले १ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको छ भने अग्रिम कर अन्तरगत सरकारको राजस्वमा ४६ करोड योगदान गरेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget