बिश्व भन्सार दिवश लागी रहँदा भन्सारकार्यालय ले दिएको कोटा र दायित्व पुरा गर्न एजेन्ट हरु कागजमा एजेन्टको नाम र रकम असुलीमा ब्यस्त देखिन्थे भने स साना औद्योगीक प्रतिनीधि , खुद्राब्यापारी तथा एजेन्ट हरु लिष्ट बोकेका मानिस देख्न साथ भागाभाग हुुनुपरेको थियो । सरोकारवालाहरु संग कुनै छलफल नै नगरी एक तर्फि ढंगबाट सिमित ब्याक्तिहरु मार्र्फत संञ्चालीत बिश्व भन्सार दिवसका बिभिन्न कार्यक्रमहरु रक्तदान, ब्याटमिन्टन , फुट्बल, पुरस्कार बितरण, बिभिन्न संघ संस्थालाई आर्थिक सहयोग लगायतका कार्यक्रममा सम्बन्धीत भन्दा गैर संम्बन्धीत ब्यक्ति हरुको ठुलो जमघट र रँजाई कार्यक्रममा देखिएको थियो ।
संञ्चारकर्मीलाई समेत कुनै आधिकारीक जानकारी नगराएको उक्त कार्यक्रममा ब्याक्तिगत सम्बन्धका आधारमा आ आफ्नौ सैलीमा समाचार सम्प्रेसण गराउन समेत भन्सारका पदाधिकारी लागी परेका थिए । भन्सार दिवश कार्यक्रम सफल बनाउने नारा लगाउँदै खानपानमा मात्रै लाखौ रुपैयाँ आफुले खर्चिन बाध्य भएको तर उक्त खर्च कहाँ बाट मिलानी गर्ने भन्ने बिषयमा एजेन्ट हरु अहिले आफै अन्योलमा परेका छन् । त्यसोत एजेन्ट हरुले भन्सार दिवश मनाउन पाउनु आफैमा स्वागतयोग्य कुरा भएपनी आफुहरुलाई आर्थीक भार र मानसिक त्रासमा बसेर भन्सार दिवस मनाउन र कार्यक्रममा बाध्यात्मक उपस्थीती दिन बाध्य पारीनु गलत रहेको एजेन्ट श्रोतको दावी छ ।
Post a Comment