Websoft University

www.radiomakalu.com || 021-522512


माघ पहिलो साताभित्र चुनाबको मिति घोषणा : नेता पुन





अर्घाखाँची,पुस २४ गते । माओवादी केन्द्रका नेता बर्षमान पुनले ढिलोमा माघ पहिलो साताभित्र सरकारले चुनाबको मिति घोषणा गर्ने बताएका छन् ।

संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव अघि बढे लगत्तै सरकारले चुनाबको मिति घोषणा गर्ने तयारी गरीरहेको नेता पुनको भनाइ छ ।
अर्घाखँचीको सन्धिखर्कमा आइतबार भएको साक्षात्कारमा पुर्व अर्थमन्त्रि समेत रहेका नेता पुनले मधेसबादी दलहरुलाई संविधानको मुलधारमा ल्याउन सरकारले संबिधान संसोधन प्रस्ताब ल्याएकोले प्रक्रिया र अन्तरबस्तुमा सहमति खोजेर प्रतिपक्षी दलहरुकै सहमतिमा प्रस्ताव पारीत हुनेमा सरकार आशावादी रहेको बताए ।

नेता पुनले भने,
–तराईमा निरन्तर आन्दोलन गर्दै आएका मधेशी दलहरुलाइ संविधानको मुलधारमा नल्याई कुनैपनि निकायको निर्वाचन सम्भव छैन ।
–उनीहरुको मागलाई सम्बोधन गरेर निर्वाचनको बाटो खुला गर्नतर्फ सरकार लागिपरेको छ ।
–निर्धारित मितिमै तीनै तहको निर्वाचन सम्पन्न गरी पुर्णरुपमा संविधान कार्यन्वयन गर्न बर्तमान सरकारको जिम्मेवारी रहेकोले चुनावको वाताबरण सिर्जना गर्न संशोधन प्रस्ताव ल्याएको हो ।
– ५ नं. प्रदेश टुक्राउने एमाले कांगे्रसको नौ बुदे सहमति तथा माओवादी केन्द्रको दश प्रदेशकै अबधारणा अनुरुप भएकोले यो कुनै नौलो बिषय होइन ।
माओवादी केन्द्रकै नेता टोप बहादुर रायमाझिले ५ नं. प्रदेश टुक्राउने सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पार्टीको निर्णय समेत नमान्ने बताइरहेका बेला पुनले भने समर्थन र बिरोध लोकतन्त्रको प्रक्रिया भएकाले प्रतिकृया दिए ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget