Websoft University

www.radiomakalu.com || 021-522512


भारत र चीनमा शाखा विस्तार गदै राष्ट्रिय वाणिज्य बैंक


काठमाडौँ, माघ ६ गते । राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ ।

यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरेको छ । विसं २०२२ माघ १० गते स्थापना भएको सो बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

बैंकको ५२औँ वार्षिकोत्सव अवसरमा बैंकद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कुल कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको जानकारी दिनुभयो ।

यस अवधिका बैंकको खुद नाफा रु एक अर्ब ३० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रु एक अर्ब नौ करोड रहेको थियो । विसं २०६० असार महिनासम्म बैंकको पुँजी रु एक अर्ब १७ करोड २३ लाख मात्र रहेको र सञ्चित नोक्सानी रु २३ अर्ब ५६ करोड पुगेको थियो । बंैक सुधार कार्यक्रम प्रभावकारी बन्दै जाँदा बैंकले कमाएको मुनाफाबाट सञ्चित नोक्सानी घट्दै जाँदा विसं २०७३ असोज मसान्तसम्म सो मुनाफा रु एक अर्ब २३ करोडभन्दा बढी रहेको बैंकले जनाएको छ ।

बाह्र वर्षमा मुनाफा

पत्रकार सम्मेलनमा बैंकका कार्यकारी निर्देशक श्रेष्ठले विसं २०६० मा वार्षिक नोक्सानी रु पाँच अर्ब रहेकोमा आव २०७२÷७३ मा बैंक रु दुई अर्ब ३५ करोड खुद नाफा गर्न सफल रहेको जानकारी दिनुभयो । बैंकसित हाल भाखा नाघेको कर्जा तीन प्रतिशतको हाराहारीमा छ ।

हाल बैंकले वाणिज्य, व्यापार, होटल, कृषि क्षेत्रमा आफ्नो पुँजी परिचालन गरेको छ । सेवाग्राहीको जीवनस्तर उकास्न उच्च शिक्षाका लागि कर्जा, घर निर्माण र गाडी खरिदमा लगानी समेत गरेको छ । व्यावसायिक कृषि प्रवद्र्धन गर्न र कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी रु सात अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ । चालु आवमा सिन्धुलीमा जुनारखेती र रुपन्देहीमा माछापालन कृषकलाई लक्षित गरी रु १५ करोड लगानी कार्य सुरु गरेको छ ।

प्रहरीसँग तलबी बचत खाता सम्झौता

बैंकले नेपाल प्रहरीसँग तलबी बचत खाता खोल्न सम्झौता गरेको छ । यसबाट चालु आवमा करिब ७० हजार प्रहरीका बचत खाता खोली बैंकमार्फत तलब भुक्तानी व्यवस्था मिलाइएका, नागरिक कोषसित सम्झौता गरी बचतकर्ताको रकम एबिबिएस सेवामार्फत सोझै केन्द्रीय खातामा जम्मा हुने व्यवस्था मिलाइएको ।

यस्तै बैंकले त्रिभुवन विश्व विद्यालयसँग सम्झौता गरी अवकाश प्राप्त प्राध्यापक र कर्मचारीको निवृत्तिभरण रकम भुक्तानी गर्ने कार्य सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । बैंकले समृद्ध नेपालको लागि दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न सबै जिल्लामा शाखा विस्तार गर्ने, एकव्यक्ति एक खाता अभियानअन्तर्गत करिब दुई लाख नयाँ खाता खोल्न, वित्तीय साक्षरताअन्तर्गत ५० हजार नागरिकलाई वित्तीय साक्षरता कार्यक्रममा सरिक गराउने लक्ष्य लिएको छ । श्रेष्ठले बैंकसित तरलताको अभाव नरहेको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget