Websoft University

www.radiomakalu.com || 021-522512


अदालतमा पनि आन्दोलन ! सरकारी वकिलद्वारा अदालत बहिस्कार

supreme-court-of-nepal

काठमाडौं,माघ ९ गते । उच्च अदालतका न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले असहयोग आन्दोलन थालेका छन् ।

महान्यायाधिवक्ताको कार्यालय अन्तरगतका सरकारी वकिल र चार वटा ट्रेड युनियनले आजदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी लगायतका कार्य बहिस्कार गर्ने भएका हुन् । उच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै उनीहरुको दाबी छ ।

न्यायाधीश नियुक्तिको निर्णय नसच्याएसम्म असहयोग आन्दोलन जारी राख्ने नेपाल निजामती कर्मचारी युनियन संघ महान्यायाधिवक्ताको कार्यालयका अध्यक्ष भरत मैनालीले बताए । उनीहरुले आन्दोलनबारे प्रधानन्यायाधीश सुशीला कार्की र कानुनमन्त्री अजयशंकर नायकलाई जानकारी दिइसकेका छन् ।

न्याय परिषद्को सिफारिसमा हालै उच्च अदालतमा ८० न्यायाधीश नियुक्त भएका छन् । तर, प्रमुख दलहरुको राजनीतिक भागवण्डाका आधारमा न्यायाधीश नियुक्ति भएको भन्दै यसको चौतफी आलोचना भइरहेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget