Websoft University

www.radiomakalu.com || 021-522512


नर्सहरुले गरे स्वास्थ्य शिक्षा कार्यक्रम


 विराटनगर   पुस २२ गते  ।  शैलजा आचार्य स्मृर्ति पोलिटेक्निका विद्यार्थीले समूदाय अध्ययन तथा स्वास्थ्य शिक्षा कार्यक्रम गरेका छन् ।

नर्सिङ प्रथम बर्षका आठौ व्याजका विद्यार्थीहरुले कटहरी ३ महेशपुरमा स्वास्थ्य शिक्षा कार्यक्रम पुरा गरेका हुन् । समूदायमा रहेर एक महिना सम्म विद्यार्थीहरुले विभिन्न स्वास्थ्य शिक्षा तथा चेतनामूलक कार्यक्रम गरेका थिए ।

कार्यक्रममा सांसद महेश आचार्यले स्वास्थ्य क्षेत्रमा नर्सहरुले पुर्याएको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए । यसैगरी कांग्रेस क्षेत्र न ६का क्षेत्रीय सभापति विनोद बस्नेत,पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारी ,सहायक प्रिन्सिपल सुनिता राउत,नर्सिङ इन्चार्ज अजिता मोक्तान लगायतले नर्सहरुको जिम्मेवारीका विषयमा आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget