Websoft University

www.radiomakalu.com || 021-522512


सिमे साग बेचेर ४० घरको गुजारा



simesag
बिराटनगर,माघ ७ गते । खोलाको बगरको खेती के राम्रो होला र ! त्यसमा पनि तराई क्षेत्रमा बर्षेनी आउने बाढीको डरले मानिसहरु खोला वरपर खेती लगाउँदैनन् । तर, मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित जिरिखिम्तीका किसानहरु बगरकै खेतीबाट आफ्नो जीविकोपार्जन गरिरहेका छन् ।

पानीमै उम्रने सिमे सागको खेतीले उनीहरुको जीवन चलिरहेको छ । स्थानीय मोरङ्गी खोलाको बगरमा सिमे सागको खेती गरी स्थानीयवासीले मनग्गे आम्दानी गरिरहेका छन् ।

सागसब्जीमध्ये अर्गानिक मानिने सिमे सागको खेतीबाट एक सिजनमा १० हजारदेखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने कृषकको भनाइ छ ।

नेपालमा केही केही भएन भन्दै अरबको मरुभूमितर्फ लाग्नेहरुलाई यहाँका किसान गतिलो जवाफ बनेका छन् । थोरै लगानीमा राम्रो आम्दानी गरिरहेका छन् यहाँका सिमे सागको खेती गर्ने किसानहरुले ।



सिमे साग रोपेको एक महिना नपुग्दै बिक्रीका लागि तयार हुन्छ । जिरिखिम्तीका करिव ४० घर परिवारले मोरङ्गी खेालाको १० विघा क्षेत्रफलमा सिमे साग लगाउँदै आएका छन् ।

बर्षा मौसम सकिएपछि खोलाको बगरमा लगाउने सिमे साग यस क्षेत्रका मानिसको आम्दानीको मूख्य श्रोत हो । धरान, बिराटनगर, दमक र काँकडभिट्टासम्मको बजारमा साग बेचेर घर धान्ने गरेको स्थानीय तुलसा गुरुङले बताइन् ।

सिमे सागको बजार राम्रो भएकाले व्यापारीहरु सिमे साग खेती भएको स्थानमै साग किन्न आउने गरेको गुरुङको भनाइ छ । सिमसार क्षेत्रमा उनीहरूले हरेक वर्ष नगदे बालीका रुपमा सिमे सागको खेती गर्दै आइरहेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget