काठमाडौं, पुष २४ गते । सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदहरुले अवरोध गरेनन् ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी दलले संसद बैठक अवरुद्ध पार्दै आएका थिए ।
आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक पेश गरेका छन् ।-अनलाइनखबर
Post a Comment