Websoft University

www.radiomakalu.com || 021-522512


युभेन्टसको अप्रत्यासित हार, अग्रता एक अंकमा सीमित


fiorentina
इटालियन सिरिएमा लिग लिडर युभेन्टसले फिओरेन्टिनासँग अप्रत्यासित हात व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टस फिओरेन्टिनासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनाले ३७ औं मिनेटमा कलिनिकको गोलबाट अग्रता लिएको थियो । ५४ औं मिनेटमा बाडेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

चार मिनेट लगतै हिगुइनले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काउने संकेत गरे । तर, थप गोल गर्न सकेन र लिग लिडरले हार व्यहारेको छ ।

हारसँगै युभेन्टसको अग्रता १ अंकमा झरेको छ । उसको १९ खेलबाट ४५ अंक छ भने दोस्रो स्थानमा रहेको रोमाको ४० अंक छ । तर, उसले एक खेल बढी खेलेको छ ।-

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget