Websoft University

www.radiomakalu.com || 021-522512


केपी ओलीले भने- पैसा माग्दा नपाएपछि प्राधिकरणका सिइओ हटाइयो


kp-oli
काठमाडौं,पुष २१ गते । मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई बर्खास्त गरेको केही घण्टामै एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् ।

सिइओ ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने प्रमुख प्रतिपक्षी दलका नेता ओलीले विहीबार पत्रकारहरुसँग बताए ।

एमालेले शुक्रबार राजधानीमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन पार्टी कार्यलयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले नेता ओलीले ज्ञवालीलाई बर्खास्त गर्ने सरकारी निर्णयको खरो आलोचना गरेका हुन् ।

सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाइएको ओलीले दाबी गरे ।

त्यसैगरी आफ्नो पार्टी निकटका संस्थाहरुलाई सत्तारुढ दलले पैसा माग्दा नपाएपछि ज्ञवालीलाई हटाइएको उनले आरोप लगाए ।

त्यस्तै अर्थ मन्त्रालयले प्राधिकरणलाई बजेट नदिएको र काममा असहयोग गरेर अन्ततः कामै नगरेको भन्दै हटाइएको ओलीले थप आरोप लगाए ।

प्रचण्डको नेतृत्वमा सरकार बनेको सुरुदेखि नै ज्ञवालीलाई कांग्रेस र माओवादी नेतृत्वको सरकारले नरुचाएको ओलीको भनाइ छ । उनले सिइओ हटाउनु नियम र कानुन विपरीत कार्य भएको बताए ।

सरकारले भूकम्प पीडितसँग खेलवाड गरेको आरोपसमेत ओलीले लगाए ।

सरकार पक्षले भने ज्ञवालीले भूकम्प पीडितको पक्षमा काम गर्न नसकेको र प्राधिकरणलाई एनजिओ एवं एमाले कार्यकर्ताको भर्तीकेन्द्र बनाएको आरोप लगाउँदै आएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget