Websoft University

www.radiomakalu.com || 021-522512


रक्त क्यान्सर पीडित सीता बचाउ अभियानमा रु २५ लाख



म्याग्दीको भगवती–३ की रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमार) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट उत्साहजनक रुपमा सहयोग जुट्न थालेको छ ।

टिचिङ अस्पताल, काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा रु २५ लाखभन्दा बढी सहयोग जुटेको छ । अभियान सुरु भएको दुई सातामा उक्त सहयोग जुटेको बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिए ।

अभियानअन्तर्गत बुधबार बेनीस्थित जीवन सुनचाँदी दुकानका सञ्चालक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन विश्वकर्माले रु ५० हजार सहयोग गर्नुभएको छ । अभियान समितिका अनुसार कतारमा रहेका राखुवासी र म्याग्देलीले समेत सहयोग अभियान सुरु गरेका छन् ।

यसैबीच, अस्पतालमा उपचाररत क्षेत्रीको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको र उनको उपचार सम्भव रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका छन् ।

क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताले बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget