Websoft University

www.radiomakalu.com || 021-522512


संसद् बैठक अघि बढ्यो



काठमाडौँ, पुस २५ गते। नियमित कार्यसूचीमा प्रवेश गर्दै आज व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भइरहेको छ ।

संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ ।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० सहितका नौ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल भएको थियो । सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ । गत मङ्सिर १४ गतेयता विपक्षीले सदन सञ्चालनमा अवरोध गर्दै आएका थिए ।

विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राख्दै हुनुहुन्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget