Websoft University

www.radiomakalu.com || 021-522512


भक्तपुरका भूकम्पपीडितलाई आजदेखि पहिलो किस्ताको ५० हजार

Sankh One Year-After-a-Devastating-Earthquake (4)

काठमाडौं, माघ ९ गते । सरकारले भक्तपुरका भूकम्प प्रभावित १८ हजार परिवारका लागि आइतबारदेखि पहिलो किस्तावापतको अनुदान रकम वितरण थाल्दैछ ।

अनुदान सम्झौतासहित सबै प्रकृया पुरा गरेका १८ हजार परिवारलाई आज पहिलो किस्ताको रकम उपलब्ध गराउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता भिष्म कुमार भुसालले अनलाइनखबरलाई जानकारी दिए ।



जिल्ला विकास समिति भक्तपुरले अनुदान सम्झौता भएका ती परिवारलाई ५० हजार रुपैँया उपलब्ध गराउन बैंकमा पैसा पठाइसकेको भक्तपुर जिल्ला विकास समितिका योजना अधिकृत भरतकुमार थापाले जानकारी दिए ।

भक्तपुरमा रहेका विभिन्न २६ वटा बैंकबाट उनीहरु सबैलाई आज अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउन लागेको हो ।

योजना अधिकृत थापाका अनुसार आजै ती १८ हजार परिवारको खातामा पहिलो किस्ताको ५० हजार पैसा जम्मा हुनेछ । लाभग्राही परिवारले आजै पनि पैसा लिन सक्नेछन् ।

बाँकी ८ हजार परिवारलाई पनि चाँडै पहिलो किस्ताको अनुदान रकम ५० हजार उपलब्ध गराउने जिविसले जनाएको छ । भुक्तपुरमा भुकम्पबाट करिब २६ हजार परिवार विस्थापित भएका थिए ।

भुकम्पले घर भत्किएको करिब २ वर्षपछि भक्तपुरबासीलाई सरकारले पहिलोपटक ५० हजार रुपैँया बाढ्न थालेको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget