Websoft University

www.radiomakalu.com || 021-522512


चिसोका कारण वृद्धको मृत्यु

tarai-chiso

लहान पुष २२ गते । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ ।

जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर दनुवारले जानकारी दिए ।

विगत केही दिनदेखि बढेको जाडोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, टाइफाइड, रुघाखोकी र कोल्ड डाइरियाका बिरामीको चाप बढ्न थालको छ ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget