Websoft University

www.radiomakalu.com || 021-522512


संशोधन विधेयक टुंगोमा पुग्न एक महिना लाग्छ : संसद सचिवालय





काठमाडौं पुस २६ गते । सरकारले संसदमा आइतबार टेबल गरेको संविधान संसोधन दोस्रो विधेयक टुंगोमा पुग्न एक महिना लाग्ने भएको छ । संसद सचिवालयले मंगलबार विधेयकको प्रक्रिया पुरा गर्न मात्रै कम्तिमा १५ दिन लाग्ने जानकारी दिएको हो ।


संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले संसदमा पेश भएपछि दफावार छलफल अघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशित गर्नुपर्ने, दफावार छलफल र संसोधनलगायतका विभिन्न प्रक्रिया पूरा गर्दा करिब एक महिनामा संविधान संसोधन प्रक्रिया पूरा हुने जानकारी दिए ।
उनले संविधान संशोधन विधेयक अन्य विधेयकभन्दा फरक भएकाले पनि दलहरुबीच समग्र प्रक्रियामा नै सहमति जुटाउन आवश्यक रहेको बताए ।

संसदमा पेश भएको विधेयकमाथि तीन दिनभित्र सैद्धान्तिक छलफल भएपछि विशेष समिति बनाएर वा सिधै संसदमा पुन छलफल गर्ने प्रक्रिया दलहरुले नै निर्धारण गर्ने प्रवक्ता गौतमले जनाए ।
अन्य विधेयकको दफावार छलफलपछि ध्वनीमतबाट निर्णयार्थ पेश गरेपनि संविधान संसोधन विधेयकमा दुई तिहाइ सदस्यले हस्ताक्षर गरेपछि मात्र निर्णयार्थ पेश गर्न सकिने कानुनी व्यवस्था छ ।
यसैबीच संसदमा पेश भएको संविधान संशोधन दोस्रो विधेयकलाई सर्वसाधारणको जानकारीका लागि आमसंचार माध्यममा प्रकाशित गरिएको छ । संसद सचिवालयले संविधानमा भएको प्रावधान अनुसार सर्वसाधारणको जानकारीका लागि आमसंचार माध्याममार्फत सुचना जारी गरेको हो ।
संविधानको धारा २७४ को उपधारा ३ मा संसोधनका लागि संसदमा पेश भएको विधेयक एक महिनाभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्ष नौ दलको अवरोधका बीच सरकारले गत आइतबार संविधान संसोधन विधेयक संसदमा पेश गरेको थियो ।-रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget