Websoft University

www.radiomakalu.com || 021-522512


नाक बन्द भयो ? यी विधि अपनाउनुस्



rugha
रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ । सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन् ।

बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाई भन्दा घरेलु विधि बढी प्रभावकारी हुन्छन् । यहाँ यस्ता केही विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छः

वाफ लिने

चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस् । यो प्रभावकारी तरिका हो । यसले तुरुन्तै आराम हुन्छ । पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ । यसबाट झन् बढी फाइदा मिल्छ । तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ । वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ ।

मनतातो पानी नाकमा हाल्ने

पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ । मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस् । त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस् ।

नरिवलको तेल

नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस् । केहीबेरमै तपाईंको नाक खुल्नेछ । ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ ।

टमाटर सुप

तातो-तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ । टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस् । यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget