Websoft University

www.radiomakalu.com || 021-522512


ग्राहकको रोजाइमा परेनन् महँगा स्मार्टफोन


काठमाडौं , पुष २१ गते । स्मार्टफोन दुनियाँमा एप्पलको चमक सन् २०१६ मा केही कम भएको देखिएको छ । सन् २००७ मा आईफोन ‘लन्च’ भएपछि एप्पलले स्मार्टफोनको संसारमा यस्तो जादू छाड्न सफल भएको थियो कि मानिसहरु एप्पलको उत्पादन भनेपछि रातभर लाइन लाग्थे । त्यो जादू २०१६ मा कायम रहन सकेन ।
केही वर्षयता एप्पलसँग सामसङको तीव्र प्रतिस्पर्धा छ । तर, वर्ष २०१६ मा भने सामसङलाई ग्यालेक्सी नोट सेभेनले धोका दियो । यो फोनको ब्याट्रीमा उत्पन्न समस्याले सामसङलाई आर्थिक रूपमा त घाटा पुग्यो नै, यसका उत्पादनप्रतिको विश्वसनियतामा पनि कमी आयो ।
एप्पल र सामसङमात्रै हैन, सन् २०१६ अरु स्मार्टफोन उत्पादकका लागि पनि कठिन वर्ष रह्यो ।
सामसङ ग्यालेक्सी नोट सेभेन स्मार्टफोन संसारभर ठूलो तामझामका साथ ‘लन्च’ गरिएको थियो । तर, खराब ब्याट्रीका कारण नोट सेभेन विस्फोट पो हुन थाल्यो । स्मार्टफोन उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनीका लागि यो ठूलो टाउको दुखाइको विषय बन्यो ।
त्यसपछि सुरू भयो नोट सेभेन फिर्ता गर्ने अभियान । स्थिति यस्तो हिसाबले बिग्रँदै गयो कि धेरै एयरलाइन्स कम्पनीहरूले जहाजमा यो फोन बोक्न प्रतिबन्ध नै लगाए ।
सामसङका अनुसार अमेरिकी बजारमा ९० प्रतिशतभन्दा बढी मानिसले ग्यालेक्सी नोट सेभेन फिर्ता गरेका छन् । नेपाललगायत केही देशमा भने अझै पनि नोट सेभेन प्रयोग भइरहेका छ ।
कम्पनीलाई अझै पनि आशा छ कि नयाँ मोडल ‘लन्च’ गरेपछि आफ्नो मार्केट पुनः कायम हुनेछ, किनभने मानिसहरु राम्रो स्मार्टफोनका लागि पैसा खर्च गर्न सधैं तयार देखिन्छन् ।
तर, उनीहरु सोनीको एक्सपेरिया स्मार्टफोनका लागि पैसा खर्च गर्न भने तयार देखिएनन् । २०१६ मा सोनीले एक्सपेरिया एक्सजेड ‘लन्च’ गरेको थियो, जसको बनावट निकै उत्कृष्ट थियो ।
यसका फिचरहरु पनि राम्रै थिए । यो उत्कृष्ट गुणस्तरको रियर क्यामरा जडित फोन थियो, क्यामरामा सेन्सर इमेजिङ थियो । यतिका धेरै फिचरहरू भएर पनि स्मार्टफोन पूर्ण रूपलले फ्लप भयो । यसको एकमात्र कारण थियो, चर्को मूल्य । नेपाली रुपैयाँ करिब ८० हजार पर्ने यो फोन मध्यम वर्गले ‘अफोर्ड’ गर्न सकेन ।
आमरूपमा ग्राहकले कम मूल्यमा धेरै फिचर भएका फोन खोज्छन् । यसकारण कतिपय स्मार्टफोन आवश्यकभन्दा बढी मूल्यका कारण फ्लप हुने गर्छन् । सोनी एक्सपेरिया एक्सजेडको हकमा पनि सोही भयो ।
गुगलको पिक्सेल फोन ‘लन्च’ भएको समाचारबाट अन्य धेरै कम्पनीहरूलाई चिन्ता लागेको थियो । तर, यो फोन पनि फ्लप भयो । यसको पनि एकै कारण थियो, धेरै मूल्य ।
२०१६ मा आईफोन सेभेन ग्राहकको तीव्र पर्खाइमा थियो । तर, यसले पनि कुनै जादू गर्न सकेन । सामसङ नोट सेभेनको जस्तै यसको ब्याट्रीमा पनि समस्या आएको थियो । आईफोन सेभेनमा धेरै नयाँ फिचर राखिएका थिए¬– जस्तै, डुअल रियर क्यामेरा, बिनातारको इयरफोन । तर, ब्याट्रीमा खराबीको कारणले यो फोन पनि निकै बदनाम भयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget