Websoft University

www.radiomakalu.com || 021-522512


संविधानसभाका सवै काम पुस्तकको रेकर्डमा



काठमाडौं, पुस २३ गते । दोस्रो संविधानसभाका सम्पूर्ण काम कारवाही अब पुस्तकका रुपमा प्रकाशित हुने भएको छ। संविधानसभाका १३६ बैठकमा भएका सम्पूर्ण काम कारवाहीलाई संसद् सचिवालयले पुस्तकका रुपमा प्रकाशन गर्ने भएको हो । प्रकाशित पुस्तक विक्रीवितरण भने नहुने बताइएको छ।

संसद सचिवालयका सह–सचिव डा. रोजनाथ पाण्डेको नेतृत्वमा एक समूहले १३६ बैठकका अडियो रेकर्ड उतारेर पुस्तकका रुपमा प्रकाशन गर्नेगरी तयारी गरेको छ। सहसचिव पाण्डेले पुस्तकका रुपमा प्रकाशित गर्नेगरी सम्पूर्ण सामग्री तयार भइसकेको बताउनुभयो । पाण्डेले भन्न्ुभयो ‘दोस्रो संविधानसभाका सबै काम कारवाहीलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गर्न प्रेसमा पठाइसकिएको छ ।’

यसअघि पहिलो संविधानसभामा पनि संविधानसभाले गरेका काम कारवाही र प्रस्तावित मस्यौदा समेत समेटेर संविधानसभा दर्पण प्रकाशन गरिएको थियो । उक्त दर्पण तत्कालीन सभासद्हरुलाई पनि उपलव्ध गराइएको थियो ।

यसको मूल प्रतिसहित पाँच प्रति पुस्तक प्रकाशन हुनेछन् । ती प्रतिहरु रेकर्डका लागिमात्र रहनेछन् । सवै काम कारवाहीको विवरण दशभन्दा बढी सिरिजमा प्रकाशन हुनेछन् । जसमा एक मूल प्रति नेपाली कागज र अन्य चार प्रति सामान्य कागजमा छापिनेछन् ।

प्रकाशित पुस्तकका प्रतिहरु पुरातत्व विभाग, राष्ट्रपति कार्यालय, कानुन मन्त्रालय र संसद्को पुस्ताकालयमा रहनेछन् । अन्य सर्वसाधरणका र सांसद्हरुले पनि पुस्तक पाउने छैनन् ।

दोस्रो संविधानसभाका १३६ बैठकमा अडियो रेकर्ड पाँच जनाको समुहले पछिल्लो चार महिना लगाएर लिखतका रुपमा तयार पारेको थियो ।

सह–सचिव पाण्डे नेतृत्वको समितिले सदनको काम कारवाहीलाई प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी पूरा गरेको छ । युट्युव मार्फत प्रत्यक्ष लाइभ र डिजिटल रेकर्डिङका लागि समितिले तयारी गरिरहेको छ ।

समितिको कार्ययोजना अनुसार अव संसद् र संसदीय समितिका रेकर्ड अव डिजिटल प्रणालीमा हुनेछन् । डिजिटल प्रणालीको रेकर्डसँगै संसद्को वेवसाइटमा सांस्द्हरुले बोलेका बिषयहरु रेकर्ड हुनेछन् । रेकर्ड भएका सामाग्रीहरु अन्य कुनैपनि समयमा खोजी गर्न मिल्ने गरी प्रविधि प्रयोग गर्ने सचिवालयको तयारी छ।-
नारायण काफ्ले

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget