Websoft University

www.radiomakalu.com || 021-522512


‘हाइ प्रोफाइल’ को ‘सेटिङ’ भत्काउँदै ब्यूरोद्वारा ३४ किलो सुन बरामद

हेलिकोप्टरको सामान भन्दै भित्र्याइयो सुन, सुन लिन ठिक्क परेका बेला प्रहरीको पेस्तोल देखेर ढले


काठमाडौं , पुष २२ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार दिउँसो सिनामंगलबाट करिव ३४ किलो भन्सार छलीको सुन बरामद गरेको छ ।

युएईबाट नेपाल भित्रिएको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको हो । विमानस्थल प्रयोग भएर नेपाल आउने सुनमध्येमा ब्यूरोले सबैभन्दा धेरै सुन बरामद गरेको हो ।

एयर अरेबियाको जहाजबाट युएई हुँदै काठमाडौं आएका बाँकेका गोपाल बहादुर शाहीको साथबाट उक्त सुन बरामद भएको ब्यूरोकी प्रवक्ता एसपी मिरा चौधरीले जानकारी दिइन् ।

प्रहरीका अनुसार शाही बुधबार साँझ नेपाल आएका थिए, तर उनले सुन ल्याएको सुटकेस बिहीबार मात्र नेपाल आएको थियो ।

बिहीबार दिउँसो सुन पिंगलास्थानबाट काठमाडौंमा गोठाटार लैजाने बेला ब्यूरोको टोलीले बरामद गरेको हो । एसपी चौधरीका अनुसार शाही सुन ल्याएर नेपाल आएका थिए । उनले ल्याएको सुन बुझन् गोठाटार बसेका मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट प्रहरीले २ सय ८१ थान १० ग्रामका सुनको ढिक्का, १८ ओटा माला, १९ ओटा औँठी गरि करिव ३४ किलो बराबरको सुन बरामद भएको एसपी चौधरीले बताएन् ।

“विमानस्थल हुँदै ठुलो मात्रामा सुन नेपाल आउँदैछ भन्ने खबर हामीलाई विदेशबाटै थियो, हाम्रो टोली सुन र सुन ओसार्ने भरिया नियन्त्रणमा लिन विमानस्थलमा परिचालित थियो, सुन, र भरिया मात्र हैन, सुन कता लैजान्छन् भन्ने हाम्रो चासो थियो,” ब्यूरोका डीआईजी नवराज सिलवालले भने,“विमानस्थलबाट यति धेरै सुन भित्रिनु चानचुने कुरा हैन ।”

हेलिकोप्टेरको सामान भन्दै भन्सार पास !
ब्यूरोले बरामद गरेको ३४ किलो सुन विभिन्न इलोक्ट्रोनिक्स, खाना पकाउने भाडा र हेलिकोप्टरको सामान भन्दै नेपाल भित्रयाइको हो ।
अनुसन्धान अधिकारीका अनुसार सुनका ढिक्कालाई पानी टेपमा र्यापिङ गरी भाडा तथा हेलीकोप्टरका सामान भनिएका मेसिनजस्तो देखिने बस्तुभित्र लुकाएर सुटकेसमा राखेर ल्याएको प्रहरीले जनाएको छ ।

ब्यूरोको टोली बुधबार बिहानैदेखि विमानस्थलमा परिचालित थियो । सुन भरिया शाही बुधबार नेपाल आए, उनीसँग सुन आएन, टोलीले शाहीको पिछा छाडेन ।

बुधबारदेखि नियमित रेकी गरिनै रह्यो । जब आज सुटकेस आयो शाही सुटकेस लिन विमानस्थल पुगे ।

ब्यूरोको टोली पछि लाग्यो । शाहीले उक्त सुन बोकेर विमानस्थलबाट बाहरि निस्के, ब्यूरोको टोली पछि लागेकै थियो । सुन कसलाई र कहाँ लैजान्छन् भन्ने कुरा पत्ता लगाउनु थियो, त्यसैले शाहीलाई खुला छाडिदिए ।

शाहीले एकपटक सुन ट्याक्सीमा राखि गोठाटार पुर्याएका थिए, अर्कोपटक सुन लिएर फेरि उतै जाँदै गरेका बेला सुन बुझ्ने दुई जना पक्राउ परे ।
सुन बोकेर शाही नजिक आउँदै गरेका बेला शाहीसँग ब्यूरोको टोली पनि थियो, सुन पर्खेर बसेका दुई जना छिटो आउ भन्दै हात हल्लाउँदै थिए, सुन भएको छेउसम्म आउदा को ल्याएको समेत भनेनन्, सुन बोक्न खोज्दा प्रहरीको पेस्तोल देखेपछि दुवैजना त्यहीँ ढले । - बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget