Websoft University

www.radiomakalu.com || 021-522512


बाँके निकुञ्ज बाघका लागि सुरक्षित वासस्थान

काठमाडौँ, माघ २ गते । स्थानीय समुदाय र राजनीतिक दलको कडा विरोध हुँदाहुँदै स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु बाघका लागि सुरक्षित वासस्थान सावित भएको छ ।
विश्वका १३ देशमा मात्र पाइने दुर्लभ एवम् लोपोन्मुख वन्यजन्तु बाघ बाँके राष्ट्रिय निकुञ्ज घोषणा भएको केही वर्षभित्रै यहाँ देखिन थालेका छन् । बाघ देखिन थालेपछि स्थानीय समुदाय र राजनीतिक दलले निकुञ्ज घोषणा हुनु सकारात्मक काम भएको प्रतिक्रिया दिन थालेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुनका अनुसार गत वर्षको बाघ अनुगमनका क्रममा नौवटा बाघ फेलापरेका थिए । यो वर्षको बाघको अनुगमन कार्य जारी छ । यो वर्ष पनि थप देखिन सक्ने सम्भावना रहेको छ । सन् २०१० मा निकुञ्ज घोषणा गरिँदा यहाँको जङ्गलमा बाघ हुनसक्ने अड्कल मात्र गरिएको थियो । चोरी सिकार गर्ने थलोका रूपमा चिनिएको यो ठाउँमा नेपाली सेना र निकुञ्ज प्रशासनले तत्काल संरक्षणको प्रभावकारी कदम चालेपछि संसारबाटै लोप हुन थालेको बाघको वासस्थानमा सुधार आउँदा बाघको सङ्ख्या बढेकोे हो ।
प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्जभित्र बाघको आहाराका लागि चित्तल, बँदेलको सङ्ख्या पनि निकै वृद्धि भएको छ । प्रशस्त आहार पाएपछि बाघको सङ्ख्या यहाँ अपेक्षा गरिएभन्दा बढेको हो भन्नुभयो । बाघको संरक्षण र वासस्थानमा विद्यावारिधि गर्नुभएका डा. झमक कार्कीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या अनुसार विचरणको क्षेत्र साँघुरिँदै गएको छ । बर्दियाको पूर्वी भेग चिसापानी जोड्ने गरी बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएकाले बाघका लागि राम्रो उर्वरभूमि बन्ने सम्भावना धेरै देखिएको छ ।-
ऐतिहासिक कालमा राणा तथा राजा महाराजाले सिकार गर्ने स्थानका रूपमा परिचित बाँकेको यो क्षेत्रमा पछिल्लो समयमा वन फडानी गरी बस्ती विकास, सुकुम्बासी तथा बाढीपीडितको पुनस्र्थापना गर्ने क्रमसँगै यहाँका वन्यजन्तु लोप भएका थिए । बाघ विशेषज्ञ डा. कार्कीले बाघका लागि यो निकुञ्ज भर्जिन एरिया हो । आहार प्रजातिका प्राणीको सङ्ख्या वृद्धि, पानी र घाँसे मैदानमा सुधार हुँदै जाँदा भविष्यमा यो निकुञ्ज बाघका लागि उर्वरभूमि बन्नसक्छ भन्नुभयो । बाँके लगायतका चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सा वन्यजन्तु आरक्षमा बाघको सङ्ख्यामा देखिएको वृद्धिसँगै नेपाल सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने विश्वकै एकमात्र राष्ट्र हुने सङ्केत देखापरेको छ । विभागका महानिर्देशक खड्काले नेपालले सन् २०२० मा बाघको सङ्ख्या दोब्बर पार्नेभन्ने गरेको प्रतिबद्धता पूरा हुनेतर्फ लक्षित छ भन्नुभयो ।
सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखको महासम्मेलनमा सहभागी राष्ट्रले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको सङ्ख्याको दोब्बर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालमा तत्कालीन अवस्थामा बाघको सङ्ख्या १२५ थियो । यसको आधारमा सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन २५० पु¥याउनुपर्ने हुन्छ । सन् २०१३ को बाघको गणनामा बाघको सङ्ख्या १९८ पुगेको थियो भने आजको अवस्थामा बाघको सङ्ख्या कम्तीमा २१० पुगेको अनुमान गरिएको छ ।
हाल नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२१ वटा रहेको रेकर्ड गरिएको छ । त्यसपछि बर्दिया र शुक्लाफाँटामा बाघको वासस्थान मानिन्छ । नेपालमा पाइने बाघ पाटेबाघ (रोयल बङ्गाल टाइगर) प्रजातिको हो । बाघले आफ्नो आहाराका रूपमा बँदेल, बाह्रसिङ्गा, मृग, अर्ना लगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिनेगर्छ । बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि भइरहेको विभागले जनाएको छ ।
हाल विश्वभरि बाघको सङ्ख्या करिब तीन हजार पाँच सय रहेको बताइन्छ । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बङ्गलादेश, चीनमा बाघको सङ्ख्या तुलनात्मक रूपमा बढी पाइनेगरेको छ । इन्डोनेसिया, लाओस, रुस, भियतनाम, मलेसिया, थाइल्यान्ड, म्यान्मार र कम्बोडियामा न्यून सङ्ख्यामा बाघ बाँचेका भेटिन्छन् ।-लक्ष्मीप्रसाद उपाध्याय

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget