Websoft University

www.radiomakalu.com || 021-522512


म्यान्चेस्टर युनाइटेड र आर्सनल एफए कपको चौथो चरणमा


rooney
कप्तान वायने रुनी म्यान्चेस्टर युनाइटेडका लागि अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेको खेलमा म्यान्चेस्टर युनाइटेड रेसिङलाई हराउँदै एफए कपको चौथो चरणमा पुगेको छ ।

खेलको १० मिनेटमा गोल गर्दै रुनीले म्यान्चेस्टर युनाइटेडका लागि २४९औं गोल गरे । जुन क्लवको इतिहासमै एकै खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो । ४४ बर्षीय सर बबी चार्लटोन, आफ्नै कीर्तिमान रुनीले बराबरी गरेको हेरिरहेका थिए ।

एन्थोनी मार्सलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई दुई शून्यको अग्रता दिलाए । मार्कोस रासफोर्डले बाँकी दुई गोल गरे ।

यता खेलको अन्तिम मिनेटमा ओलिभर जिरोडले गोल गरेपछि आर्सनलले पनि पि्रस्टोन नर्थलाई २-१ ले हराउँदै एफए कपको चौथो चरणको यात्रा तय गर्‍यो ।

सातौं मिनेटमै रोविन्सनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली पि्रस्टोनले दोस्रो हाफमा पनि त्यही लयलाई कायम राख्न सकेन ।

दोस्रो हाफको सुरुमै एरोन राम्सेले आर्सनलका लागि बराबरी गोल गरे । खेल सकिनु एक मिनेटअघि जिरोर्डले आर्सनललाई महत्वपूर्ण जित दिलाए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget