Websoft University

www.radiomakalu.com || 021-522512


जाडोमा नगर्नु यी सामान्य ७ गल्ती



जाडोको बेला मानिस फुर्तिलो हुँदैन, जति धेरै चिसो बढ्यो उति अल्छे हुन्छ। जाडोबाट जोगिन हामीले धेरै उपाय अपनाउँछौँ। तर, सामान्य लापरबाहीले स्वास्थ्यमा असर पर्न सक्छ। चिसोमा हुने सामान्य गल्तीः

पानी नपिउने
गर्मीमा जस्तो जाडोमा तिर्खा लाग्दैन। जाडो मौसममा शारीरिक गतिविधि धेरै नहुने भएकाले कम तिर्खा महसुस हुन्छ। बेलायतको डायटिक एसोसिएसनका अनुसार जाडोमा हाइड्रेड रहन हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी चाहिन्छ। जाडो मौसममा अत्यधिक तातो पानी पिउनु हुँदैन। डिहाइड्रेसनले किड्नी, अपच र पेट दुख्ने लगायतका समस्या आउँछन्।

बढी लुगा लगाउने
जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौ। तर धेरै लुगा लगाउनु मात्र जाडोबाट बच्ने उत्तम उपाय होइन। बढी लुगाले गर्मी हुने शरीरमा पसिना आउन सक्छ। जब पसिना निस्किएर सुक्छ, शरीर झन् चिसो हुन्छ। तसर्थ जाडोमा लुगा लगाउँदा मांशपेशीलाई न्यानो पार्ने ठिक्क लुगा लगाउनुपर्छ।

पञ्जा र मोजाको प्रयोग
जाडोबाट बच्न हातमा पञ्जा र खुट्टामा मोजा लगाउने गरिन्छ। तर, हरबखत पञ्जा र मोजा लगाएर बस्नु उचित हुँदैन। कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रा हात र खुट्टा सहज अंग हुन्। हात र खुट्टा ढाकेर बस्नुको अर्थ वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ। जाडोमा मोजा लगाएर कहिल्यै पनि सुत्नु हुँदैन। मुटुबाट जोर्नीहरुमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव गर्छ। मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ।

धेरै खाने
तौलबारे सबैभन्दा ध्यान दिनुपर्ने भनेकै जाडो मौसममा हो। जाडोबाट बच्न हामी बढी चिल्लो, प्रोटिनयुक्त र जङ्क फुड खाने गर्छौं। फेरि चिसो मौसममा खाना धेरै रुच्छ। जाडोमा हामी धेरैले काम गर्न झन्झट मान्छौँ। शारीरिक गतिविधि कम हुन्छ, तर खानपिन ज्यादा। जसले गर्दा मानिस मोटाउन सक्छ। जाडोको समयमा ताजा खानेकुरा (फलफुल र सागसब्जी) खानुपर्छ। मौसमी फलफूल जस्तैः सुन्ताला, अनार, बदाम आदि खानुपर्छ।

बढी सुत्ने
जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ। बिहान पनि हामी धेरै बेरसम्म सुत्न मन पराउँछौँ। त्यतिमात्र होइन बिहानको खाना खाएपछि दिउँसो घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ। खानपिन ज्यादा र सुताइ पनि ज्यादा भयो भने शरीर बोधो र भद्दा हुँदै जान्छ। जाडो सकिने बित्तिकै सामान्य अवस्थामा फर्किन हामीले धेरै प्रयत्न गर्नुपर्छ।

बाहिर निस्कन नचाहने
जाडो बढ्दा हामी अधिकांश समय भित्रै बस्न रुचाउँछौँ। बाहिर हिउँ परेको बेला भित्र बस्नु राम्रै कुरा हो। तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निस्क्रिय भएर भित्रै बस्न वा भट्टीतिर गएर ज्यान तताउन मन पराउँछन् जुन राम्रो आदत होइन। जाडोको मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र हुनुका साथै स्वभाविक रुपमा न्यानो हुन्छ।

अनावश्यक क्रिम र लोसनको प्रयोग
जाडोमा हामीले गर्ने अर्को गल्ती भनेको थरिथरिका क्रिम र लोसनको प्रयोग गर्ने बानी हो। छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन। जथाभावी लोसन लगाउँदा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ।-स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget