Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्प पीडितको पक्षमा सरकारले काम गरेनः राणा


Pashupati-Samser
काठमाडौं,पुष २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणाले भूकम्प पीडितहरुको पक्षमा सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।
भूकम्पका बेला प्रधानमन्त्री रहेका सुशील कोइराला, त्यसपछि प्रधानमन्त्री बनेका केपी ओली र प्रचण्ड कसैले पनि पीडितको पक्षमा काम गर्न नसकेको राणाले बताए ।
सिन्धुपाल्चोकको मेलम्चीमा बिहीबार आयोजित दुई दिने स्वास्थ्य शिविर उदघाटन कार्यक्रममा राणाले भूकम्प पीडितहरुले यसपालीको जाडो पनि टहरामै बिताउन बाध्य हुनुमा सरकार दोषि रहेको आरोप लगाए ।
‘भूकम्प पछिको दोस्रो जाडो पनि पीडितले टहरा मै बिताउन बाध्य हुनुमा तिनै सरकारहरु दोषि छन्,’ राणाले भने, ‘कोइराला, ओली र प्रचण्डले सरकारले जनताको पक्षमा काम गर्न सकेनन् ।’
भोलिसम्म चल्ने शिविरमा ४७ विदेशी र १० नेपाली स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नेछन् । अमेरिका तथा अष्ट्रेलियाको सहयोग र ग्रीनसिटी अस्पतालको समन्वयमा शिविर सञ्चालन भएको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget