Websoft University

www.radiomakalu.com || 021-522512


भोलि मन्त्रिपरिषद् विस्तार हुने, दुई मन्त्री थपिदै



काठमाडौंमाघ ५ गते । प्रधानमन्त्री प्रचण्डले विहिवार दुई मन्त्री आफ्नो मन्त्रिपरिषद्मा थप्दैछन् ।

मन्त्रीपरिष्द विस्तारमा समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्का मन्त्री हुनेछन् ।

उनीहरु दुवैलाई विहिबार नै सपथग्रहण गराइने तयारी छ । प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार विहिवार दुई मन्त्री थपिनेछन् । तर, उनीहरुको मन्त्रालय भने टुंगो लाग्न वाँकी रहेको उनले बताए ।

राप्रपा र फोरम लोकतान्त्रिकलाई समेत समेटेर मन्त्रीपरिषद विस्तार गर्न चाहेपनि उनीहरुसँग अझै कुरा टुंगिएको छैन ।

चौथो ठूलो दल राप्रपालाई उपप्रधानमन्त्रीसहित थप तीन मन्त्रालय, फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री दुई र अन्य साना दुई दललाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी थियो ।

यहीक्रममा अन्य साना दुई दललाई पनि सरकारमा सहभागी गराउने सत्तारुढ दलको चाहना थियो ।

पोर्टफोलियो’ को समस्या

प्रधानमन्त्री चौथो ठूलो दल राप्रपालाई उपप्रधानमन्त्रीसहित थप तीन मन्त्रालय, फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री दुई मन्त्रालय दिएर मन्त्रीपरिषद विस्तार गर्न चाहेका छन् ।

–तर, उपप्रधानमन्त्रीको पोर्टफोलियको विषयमा भने समस्या हल भएको छैन । मन्त्रीपरिषद् विस्तारमा राप्रपा अध्यक्ष कमल थापाले दोस्रो बरियता खोजेका छन् । त्यसै गरी पटक–पटक उपप्रधानमन्त्री भएको भन्दै फोरम अध्यक्ष गच्छदारले पनि बरिष्ठ उपप्रधानमन्त्री माग गरेका छन् ।

–अहिले काँग्रेसबाट उपप्रधानमन्त्री भएका बिमलेन्द्र निधि प्रधानमन्त्रीपछि दोस्रो बरियतामा आफु रहनेसहित उपप्रधानमन्त्री हुनुपर्ने अडानमा छ । निधिको यो अडानले थापा र गच्छदारलाई सरकारमा लैजान कठिनाई भैरहेको र विकल्पको खोजि भैरहेको छ ।

–अहिले निधिबाहेक माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधानमन्त्री एव्म अर्थमन्त्री छन् ।

–राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा गए थापा र गच्छदार सरकारमा सहभागी भए चार जना उपप्रधानमन्त्री हुनेछन् ।

–संसदमा पेश भएको संविधान संसोधन प्रस्तावलाई पारित गराउन सत्तारुढ दल काँग्रेस र माओवादीले मन्त्रीपरिषद् विस्तारको योजना अगाडि सारेका हुन् ।

राप्रपा र फोरम लोकतान्त्रिको समर्थन रहे आफ्नो प्रस्ताव पारित गराउन सम्भव हुने सरकारको बुझाई छ । तर, राप्रपा र फोरम दुवैले अहिलेको संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने बताएका छन् ।-रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget