Websoft University

www.radiomakalu.com || 021-522512


संशोधनको प्रस्ताव परिमार्जन हुनुपर्ने– अध्यक्ष ठाकुर



विराटनगर, माघ ७ गते । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले मधेसी मोर्चाको दस प्रदेशको माग रहेको र सोअनुरुप उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने स्पष्ट पार्नुभयो ।

सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने धारणा प्रकट गर्नुभयो ।

जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिकाको गठन हुनुपर्नेमा त्यसअनुरुप नभएकाले मधेसी मोर्चालाई स्थानीय तहको सम्बन्धमा आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी गराउनुभयो ।

पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले सीमाङ्कनको हेरफेरका साथै मधेसी मोर्चाको माग पूरा नभएसम्म संसदीय निर्वाचनलाई समर्थन गर्न नसकिने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget