Websoft University

www.radiomakalu.com || 021-522512


संसदबाट बाफिया पारित

nrb-810

काठमाडौं,पुष २६ गते । अर्थ समितिले दोस्रो पटकको संशोधनपछि संसदमा पेश भएको गरेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धि कानून (बाफिया)मा संशोधन र एकिकरण गर्न बनेको विद्येयक आज व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ ।

विद्येयक पारित भएसँगै यो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको रुपमा आउने छ । अब बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा दुई कार्यकालभन्दा बढि बस्न नपाउँने भएका छन् । यिनीहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिको संशोधनमा अध्यक्षको कार्यकाल आजीवन रहनसक्ने जस्तो विवास्पद निर्णय गरिएको थियो । संसदमा एक पटक पेश भएर यही विषयमा विवाद भएपनि पुनः संशोधनको लागि अर्थ समिति फिर्ता पठाइएको थियो ।

अब बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्ष पुगेपछि राष्ट्र बैङ्कको स्वीकृतीमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सक्ने छन् । यो आधारमा बिसं २०६३ सालसम्ममा सञ्चालनमा आएका संस्थाका सञ्चालकहरुले चाहेमा सर्वसाधारणमा सेयर परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ । कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाहरुले ०.५ प्रतिशत सेयर दिनुपर्ने भएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget