Websoft University

www.radiomakalu.com || 021-522512


बैंकिङ कसुरमा फरार रहेका पक्राउ

बैंकिङ कसुरमा फरार रहेका पक्राउ

बनेपा, माघ ९ गते । करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका– ११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको छ ।


तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget