Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली भावना छ कि छैन, सबै परीक्षामा उभिनुपर्यो (माधवकुमार नेपालको अन्तर्वार्ता)



अन्तरवार्ताकार– नेत्र पन्थी र नरेश ज्ञवाली

४० दिनसम्म रोकिएको संविधान संशोधन विधेयकलाई संसदमा टेबुल गर्दा झुक्याएर टेबुल गरियो भन्नुभयो । उता सरकारले सहमतिमा टेबुल गरिएको हो भन्छ । जनताले चाहिँ सत्तापक्ष र प्रतिपक्ष मिलेर नाटक मञ्चन गरे भनिरहेका छन् । झण्डै दुई सय प्रतिपक्षी सांसद हुँदाहुँदै झुक्याएर यस्तो प्रस्ताव टेबुल हुन सम्भव हुन्छ र ?

जे यथार्थ हो त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । हाम्रो पार्टीमा निर्वाचनसम्बन्धी विधेयक र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्ताव टेबुल गर्न दिने सल्लाहा भएको हो । जहाँसम्म नेपालको संविधानमा संशोधनको विषयमा छ, त्यसमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई बोल्न दिने र दैनिक क्रियाकलापमध्ये संसदमा उभिएर प्रतिवाद गर्ने हाम्रो योजना थियो । तर के भयो भने निर्वाचन र अख्तियारसम्बन्धी विधेयक टेबुल भइसकेपछि मन्त्री रोस्टममा जाँदै नगई एकैचोटि नेपालको संविधानमा संशोधन प्रस्ताव राख्ने काम भयो । त्यसलगत्तै नेकपा एमाले जो अहिलेसम्म मात्र उभिएर प्रतिवाद गर्दै थियो, त्यस दिन नारा लगाउन पर्ने भयो । भन्नुको अर्थ यो नयाँ परिघटना हो । यहाँ नाटक मञ्चनको कुनै अर्थ छैन । हामी संविधान संशोधनका विषयवस्तुसँग सन्तुष्ट छैनौँ । किनभने यो संविधानसम्मत छैन भन्ने हाम्रो भनाइ हो । खासगरी सीमाङ्कनसम्बन्धी विधेयक संविधानसम्मत छैन । धारा १७४ का सन्दर्भमा हाम्रो आफ्नै फरक मत कायम छ र यही सबै प्रतिपक्षीको धारणा हो ।

प्रधानमन्त्रीले चितवन पुगेर प्रतिपक्षले विरोध गरेजस्तो गर्ने र सरकारले टेबुल गर्ने सहमति भएको थियो भन्ने कुरा गर्नुभयो के त्यो उहाँको ‘पोलिटिकल स्टन्ट’ थियो ?
उहाँ त के भन्नु हुन्छ हुन्छ । घरी सहमतिका साथ आएको भन्नुहुन्छ । घरी पास हुन्छ भन्नुहुन्छ । उहाँले भनेका कुराहरु सङ्कलन गरेर ल्याउनुस् र मलाई भन्नुस् त उहाँले कति पटक के–के भन्नुभएको छ । त्यसैले उहाँले के भन्नुहुन्छ भन्ने कुरामा नजाऊँ । वास्तविकता के हो त्यसमा जाऊँ ।

टेबुल भएको विधेयकको भविष्य के होला ?
निर्वाचनसम्बन्धी विधेयक पास गर्नुपर्छ र हुन्छ । अख्तियार प्रमुखको महाअभियोगको सन्दर्भमा छलफल गर्न बाँकी छ । उहाँ पदबाट बर्खास्त भइसकेको कुरा क्लियर छ । त्यसबाहेक त्यो प्रक्रियालाई कसरी अगाडि बढाउने छलफल हुन बाँकी नै छ । जहाँसम्म संविधान संशोधनको कुरा छ, त्यसको सार तत्व र प्रक्रियामा हाम्रो सहमति छैन । त्यसैले त्यो पास हुँदैन ।

विधेयक मतदानसम्म जाने अवस्था रहँदैन ?
हाम्रो प्रयत्न के हो भने संविधान संशोधनको विधेयकलाई थाँती राखी दिऊँ अथवा फिर्ता लिऊँ र चुनावको मामिलामा मिलेर जाऊँ । हामी सबै अप्सनका निम्ति तयार छौँ । मुख्य कुरा संविधान संशोधन ठीक छैन र त्यसलाई पास हुन दिनुहुँदैन । सर्वोच्चले समेत प्रान्तीय प्रादेशिक सभाको अनुपस्थितिमा, तिनको अनुमति र सहमतिविना प्रदेशको सीमाङ्कनमा कुनै फेरबदल गर्नु हुँदैन, यो संविधानसम्मत हुँदैन भनेको छ ।


नेपालले ध्यान दिनै पर्ने कुरा के हो भने जनसङ्ख्याका धेरै कुरा गर्नेहरुकै मुखबाट विदेशीको आडमा देश टुक्र्याउने धम्की आउने गरेका छन् । यस्तो अवस्थामा पनि हामी बुद्धि पुर्याउँदैनौँ भने हामीभन्दा महामूर्ख कोही हुँदैन । भनेजस्तो भएन भने देश टुक्र्याइदिन्छौँ भनेर खुलेआम बोलिरहेका छ । तर ऊ विदेशीको आडमा चलिरहेको छ । अनि जनसङ्ख्याकै गफ हाँक्छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले ओलीजी अन्तिम समयसम्म प्रस्तावको पक्षमा आउनुहुन्छ भनिरहनुभएको छ । उहाँमा त्यो आत्मविश्वास कहाँबाट आयो ? आन्तरिक संवाद भइरहेका हुन् ?
त्यो भन्नका लागि भनेको कुरा हो । त्यसमा कुनै दम छैन् । एमाले कुनै पनि हालतमा सहमत हुन सक्दैन् । संविधान संशोधनमा बेसिक विरोध भइसकेपछि कसरी सहमत हुनुहुन्छ ?



राजनीतिमा अप्ठ्यारो पर्दा तपाईंले त्यसलाई फुकाउने सूत्र दिने गर्नुहुन्छ । वर्तमान गतिरोधलाई फुकाउने तपाईंका केही सूत्र छन् ?नेपाल बडो संवेदनशील भूराजनीतिक अवस्थामा अवस्थित छ ।

नेपालले ध्यान दिनै पर्ने कुरा के हो भने जनसङ्ख्याका धेरै कुरा गर्नेहरुकै मुखबाट विदेशीको आडमा देश टुक्र्याउने धम्की आउने गरेका छन् । यस्तो अवस्थामा पनि हामी बुद्धि पुर्याउँदैनौँ भने हामीभन्दा महामूर्ख कोही हुँदैन । भनेजस्तो भएन भने देश टुक्र्याइदिन्छौँ भनेर खुलेआम बोलिरहेका छ । तर ऊ विदेशीको आडमा चलिरहेको छ । अनि जनसङ्ख्याकै गफ हाँक्छ । नागरिकता खुकुलो बनाउन चाहन्छ । तैपनि कुनै नेपालीले यस्ता विषयलाई गम्भीरताका साथ लिँदैन भने त्यसमा नेपाली रगत सुकिसक्यो भन्ने कि नेपाली रगत बगिरहेको छैन भन्ने ? उसको नेपाली स्वाभिमान मरिसकेको भन्नुपर्छ । नेपाली राष्ट्रियता उसमा जिउँदो छैन भन्ने ठान्नुपर्छ अथवा ऊ विकेको तत्व हो । यति प्रष्ट भइसकेपछि जनसङ्ख्याको कुरा ल्याएर ठूलो कुरा गर्ने, नागरिकता खुकुलो बनाउन खोज्ने, देश नै टुक्र्याउँछु भनेर धम्की दिँदा पनि केही पनि बोल्ने कोही छैन । यही कुरा छिमेकी देशमा भएको भए उसलाई झुण्ड्याई सक्थ्यो । हाम्रो देश कस्तो भयो, कस्ताहरुको हातमा यो देश गएको छ । बडो विचित्र छ । कुनै संवेदनशीलता छैन । हाम्रा पुर्खाहरुले कति रगत पसिना बगाएर नेपाल नामको राष्ट्रलाई विश्वसामु उभ्याएका छन् । त्यसप्रतिको जिम्मेवारी बोध कसैमा देखिँदैन । पछि आइपर्न सक्ने सङ्कटको कुनै आँकलन छैन ।

सबै कुरा मान्न सकिन्छ तर देशको स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमानमा सम्झौता हुन सक्दैन । नेपाल सबैसँग मित्रता र सद्भावपूर्ण सम्बन्ध चाहन्छ । छिमेकीलगायत विश्वभरिका सबै मित्रहरुलाई म के भन्छु भने नेपाल राष्ट्रसँग व्यवहार गर्नुस्, सानो सानो मुठ्ठी भरका मान्छेहरुलाई सानो टुकडालाई एउटा पार्टलाई डिल गरेर नेपालसँगको मित्रता प्राप्त गर्न सकिँदैन । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नुस् । कृपया हस्तक्षेप नगर्नुस् । यहाँको दूतावासबाट होस् वा बाहिरबाट होस्, नेपालको मामिलामा हस्तक्षेप नगर्नुस् । यो कुरा मित्र देश र नेपाल दुवैको हितमा छ । दुवै देशका जनताको हितमा छ ।


म हिजो टेलिविजन हेर्दै थिएँ हम है हिन्दुस्तानी भन्दै थिए । अस्ती हेर्दै थिएँ वी आर अमेरिकन्स भनेर भन्दैथिए । चिनियाँहरु वी आर द चाइनिज भन्दै थिए । अनि नेपालका धर्ती पुत्रहरुले हामी नेपाली हौँ भनेर गौरवका साथ भन्दैनन् भने तिनको देशभक्ति कहाँ गयो ?

मैले जान्न खोजेको यो खालको अन्डरस्ट्यान्डिङ भयो भने डेड लक फुकाउन सक्छौँ भन्ने आफ्ना केही सूत्र तयार गर्नुभएको छ कि ?
होइन होइन, इस्यु प्रमुख कुरा हो । सबैमा देशभक्तिको भावाना हुनु पर्यो नि । जय नेपाल भन्नु पर्यो । नेपाल राष्ट्रको, नेपाल आमाको जय भन्नुपर्यो । आत्मामा गौरवबोध हुनुपर्यो । म नेपाली हुँ भन्नुपर्यो । खोई केही भनेको सुनिँदैन । म नेपाली भनेकोमा गौरवबोध छैन भने म हिजो टेलिविजन हेर्दै थिएँ हम है हिन्दुस्तानी भन्दै थिए । अस्ती हेर्दै थिएँ वी आर अमेरिकन्स भनेर भन्दैथिए । चिनियाँहरु वी आर द चाइनिज भन्दै थिए । अनि नेपालका धर्ती पुत्रहरुले हामी नेपाली हौँ भनेर गौरवका साथ भन्दैनन् भने तिनको देशभक्ति कहाँ गयो ?

हिजो मधेसमा तपाईंको कार्यक्रममा विरोध भयो । यसको रियाक्सन जस्तो लाग्दैन ?
कहाँको विरोध भएको ? कहाँको हावादारी कुरा गर्नुहुन्छ हिजो म गएर आएको छु विशाल जनताको उपस्थिति छ । गाजाबाजा झाँकीसहित मान्छे आएका छन् । सानदार रुपमा कार्यक्रम सम्पन्न भएको छ । कुनै विरोध कहीँ कतै देखिएन । कार्यक्रममा म छु । अनि कहाँको तपाईं कुरा गर्दै हुनुहुन्छ ।

हिजो मधेसमा मधेस सफाई अभियान भन्दै प्लेकार्डसहित मान्छे उत्रिएको थाहा पाउनु भएन ? जुन कुरा राजधानीका मिडियामा पनि आए, हेर्नुभएन ?
छैन छैन । कुनै कुनामा कुनै कसैको घरमा भएको होला । तर मधेसमा र हाम्रो कार्यक्रमको थलोमा भएको छैन । अथवा यहीँ काठमाडौंमै कहीँ कसैको घरभित्र गरेको हो कि ? होइन अर्को कुनै गाउँ जिल्लामा गरेको हो कि ? मेरो कार्यक्रममा भएको छैन । सप्तरी, सुनसरीको त्यो कुनै ठाउँमा केही भएको छैन । शान्तिका साथ सबै कुरा भएको छ । जनता आनन्दले गाजाबाजा बजाउँदै नाच्दै आई रहेका छन्, कहाँको विरोध गर्नु ?

तपाईं आफैले कोट्याउनुभयो नेपालको स्वाभिमानमाथि, नेपालको आत्मसम्मानमाथि चोट पुर्याइयो भन्नु हुन्छ ?
म किन संवेदनशील भएको भने भारतीय संस्थापनका नजिक भन्दै लेखेका आर्टिकल मैले पढ्न थालेको छु । त्यसले म निकै चिन्तित भएको छु ।

यस्तो चिन्ता पहिला तपाईंहरुमा थिएन भन्नेहरु छन् ? जस्तो कि कटुवालकाण्ड ?
कसले भन्यो कटुवालको बेलामा भारतीय हस्तक्षेप निम्तियो ? हाम्रो पार्टीले हाम्रो स्थायी समितिमा निर्णय गरेका छौँ, तपाईं जेमा पनि भारतीय हस्तक्षेप भयो भनेर हेर्नु हुन्छ । नेपालमा हामीले कुनै अडान लिन पाउँदैनौँ ? जे गरे पनि भारतीय आँखा हुन्छ । हाम्रो सीधा धारणा छ । भारतीयको आदेशमा निर्देशनमा वा सल्लाहामा हामी चल्ने होइन । म दावाका साथ भन्छु, त्यतिखेर पुष्पकमल दाहाल प्रचण्डजीले कटुवालजीलाई जुन ढङ्गले बर्खास्त गर्न खोज्नुभयो त्यो बेलामा नेपालको सैन्य सत्ता आफ्नो हातमा लिने उहाँको आकाङ्क्षा थियो । त्यो कुरालाई सफल हुन दिने पक्षमा हामी थिएनौँ ।


कटुवालको केस होस अथाव अरु कुनै पनि केस होस्, सोध्न जाने पनि मूर्ख । कटुवाललाई बर्खास्त गरौँ कि नगारौँ । कटुवाललाई राखौँ कि नराखौँ ? अहिले भन्नुस् न विधेयक पास गरौँ कि नगरौँ ? फलानालाई नियुक्ति गरौँ कि नगरौँ ? बजेट विन्यास गरौँ कि नगरौँ ? सडक बनाऊँ कि नबनाऊँ ? टुरिजम प्रमोसन गरौँ कि नगरौँ ? यस्तै सोध्न जानेलाई मूर्ख, हुतिहाराहरु भन्छु ।

त्यसो हुनाले हाम्रो पार्टीभित्र छलफल गर्दा खेरी केहीकेही मान्छेले पुष्पकमल दाहाल प्रचण्डजीसँग ठीक छ, स्याक गरे हुन्छ भनेर भनिदिएको कुरा सुनेपछि त्यहीँ हामीले आलोचना गर्यौँ । बैठकमा निर्णय गरियो । निर्णयपछि राष्ट्रपतिकोमा आफै पुगियो । राष्ट्रपतिलाई हामीले भन्यौँ प्रधानमन्त्रीको त्यो कदम गलत छ । त्यसलाई अस्वीकार गर्नुस् भन्यौँ । तपाईंलाई कुन सूत्रले भारतले भन्यो भनेर । सवाल के हो भने अनावश्यक रुपमा नेपालका पार्टीहरुमा नेपाली जनताको मामिलामा उसले हात हाल्छ । उसले हस्तक्षेप गर्छ भने त्यसलाई उचित ठान्नु हुँदैन ।

कटुवालको केस होस अथाव अरु कुनै पनि केस होस्, सोध्न जाने पनि मूर्ख । कटुवाललाई बर्खास्त गरौँ कि नगारौँ । कटुवाललाई राखौँ कि नराखौँ ? अहिले भन्नुस् न विधेयक पास गरौँ कि नगरौँ ? फलानालाई नियुक्ति गरौँ कि नगरौँ ? बजेट विन्यास गरौँ कि नगरौँ ? सडक बनाऊँ कि नबनाऊँ ? टुरिजम प्रमोसन गरौँ कि नगरौँ ? यस्तै सोध्न जानेलाई मूर्ख, हुतिहाराहरु भन्छु । तिनीहरुलाई के भन्ने म त्यसो गर्दिनँ । म २१ म्हिनासम्म प्रधानमन्त्री भएको छु मैले अनमिन हटाउँ कि नहटाऊँ ? के गरौँ हजुर भनेर कहिलै पनि भनिन् । पार्टीको तर्फबाट मैले एक्लो निर्णय गरेको हुँ र पार्टीको निर्णयको आधारमा मैले चाहिँ हटाएको हो । मैले सबै पार्टीका नेताहरुसँग सहयोग मागेको हो । सबैले सहमति पनि जनाएका हुन्, पछि नेपाली का्ग्रेसका नेताहरुको खुट्टा थर थर काप्न थाल्यो । खुट्टा काम्दा मैले तपाईंहरुले खुट्टा कमाउँदै गर्नुस् गर्नुपर्नेकाम म आफै गर्छु भनेर अगाडि बढेको हुँ भन्ने मान्छे मै हुँ । राजा ज्ञानेन्दैलाई हटाउनुपर्दा हटाऊँ कि नहटाऊँ हजुर भनेर सोधै हिँडेको पनि होइन । यति कुरा तपाई ले बुझ्नुस ।

नेकपा एमालेले परिस्थितिको विश्लेषण गरेर जनताको मनोभावना बुझेर अनि त्यसपछि राजतन्त्र फाल्नुपर्छ भनेर निर्णय हाम्रो केन्द्रीय कमिटीको बैठकमा बहुत लामो छलफलपछि गरेका हौँ । त्यही केन्द्रीय कमिटीको बैठकमा हामीले ठूला ठूला आमसभा गर्ने निर्णय गरेका हौँ ।

हामीले त्यो कुरा कहीँ सोधेको होइन । सोध्न आउनेलाई जवाफ दिएको हो । जनता तपाईंका साथमा छैनन् नि भन्दा मैले जवाफ दिएको छु । जनता छन् कि छैनन्, मङ्सिर ४ गते बुटवलमा आएर हेर्नुस् । अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीलाई जवाफ दिने मान्छे मै हुँ ।

प्रणव मुखर्जी त्यो बेलामा भारतको मन्त्री हुनुहुन्थ्यो । त्यो बेलामा नेपलका पार्टीहरुलाई जनसमर्थन नै छैन भन्ने कुरा उहाँले पनि उठाउनुभएको थियो । समर्थन छ कि छैन भन्ने कुरा यही बुटवलको कार्याक्रममा हेर्नुहोला, हामी देखाइदिन्छौँ भनेको थिएँ । त्यसैले केही मान्छे विदेशीको इसारामा चल्ने र नाच्ने भएकाले एमाले पनि त्यस्तै गर्छ होला भन्ने कुराको भ्रममा नपरे हुन्छ । एमाले त्यस्तो पार्टी होइन ।

यहाँले केही बुद्धिजीवीका कुरा र त्यस्ता आर्टिकल पढेर म असाध्यै संवेदनशील भएँ भनेर असाध्यै महत्वपूर्ण कुरा गर्नुभयो, हाम्रा छिमेकीहरु जसले जेजे विषयमा आर्टिकल मार्फत आफ्नो चासो राखिरहेका छन् । यहाँलाई के लाग्छ, विगतमा भन्दा त्यो चासो अहिले बढेको हो ?

हो, माथि आएको हो । यस्तो कुरा त मलाई थाहै थिएन । यत्रो वर्षदेखि मैले राजनीति गरिआएको छु, यस्तो त मैले थाह पाएकै थिएन ।

महसुस गर्नुभएको छ अथवा त्यसका आधार के–के हुन् ?
लेखिएकै कुरा प्रष्ट छ । नेपालको भूभाग कब्जा गर्ने नेपालको भूभाग भारतमा मिलाउने । के गर्नु हुन्छ ? त्यो भन्दा अन्य के चाहियो तपाईंलाई ?


जस्तै केही उदाहरण ?
मेरो मोबाइलमा फाइल नै छ । यहीँ छ ल हेर्नुस् । (मोकसरी नेपालभित्र षड्यन्त्र भइरहेको छ । यिनैै व्यक्ति हुन् । अखिलेश पिल्लालामारी ‘द क्राइसिस इन नेपाल इज इयर्ली सिमलर इन सम वेज अफ पाकिस्तान सिन्स १९७१’ यसमा सीधै के लेखिएको छ भने नेपालको तराईलाई लिन नागरिकताको इस्युलाई कसरी उठाउनुपर्छ आदि इत्यादि कुरा छ । यसमा जनमत सङ्ग्रहको कुरा पनि गर्ने नागरिकता खुकुलो पारौँ पनि भन्ने । के हो यो सिक्वेन्स मिलेको हो त ? अनि त्यही पनि नभन्ने यहाँका नेताहरुलाई धिक्कार छ । ती नेता नेपाली नेता भनिन पनि लायक होइनन् । विदेशी पैसामा बिकिसकेका छन् या आत्मा समाप्त भइसकेको छ । उनीहरुमा अलिकति पनि नेपालप्रति संवेदनशीलता छैन ।

यहाँले शीर्ष बैठकहरुमा पनि यस्तो कुरा र संवेदनशीलतालाई राख्ने गर्नुहुन्छ होला नि ? त्यहाँ कस्तो कुरा हुने गर्छ ?
जुन स्तरमा संवेदनशीलता हुनुपर्ने हो त्यो भएको देख्दिनँ । यस्तालाई के भन्ने ? हाम्रो सामुन्नेमा घटना घटिसकेको छ । सिक्किम नामको स्वतन्त्र भूभाग समाप्त भएर गयो । अर्को देशले जे भन्यो त्यहीअनुसार बस भन्दा बस्ने, उठभन्दा उठ्ने भइरहेको छ । पीबी नरसिंह रावको कुरा सम्झन्छु । उहाँले मलाई भन्नुभएको थियो, ‘हामीले अलिकति नराम्रो होइन, असलै भावनाले श्रीलङ्कालाई सहयोग गर्न खोज्दा हाम्रो पूरै हात पोलेको छ । हामीले ठूलो कुरा गुमाउनुपरेको छ । त्यसैले हामी त्यस्तो कुरामा लाग्न चाहँदैनौँ ।”

कस्तो राम्रो भावना रावको । हामी नेपाल, नेपलको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्छौं र कदर गर्छौँ । खाली दुई देश मिलेर जाऊँ भन्ने हाम्रो धारणा हो । अरुसँग सम्बन्ध नहोस् भन्ने होइन । त्यस्तै भावना र त्यस्तै विचार म अहिलेका भारतका नेताहरुको मुखबाट पनि सुन्न चाहन्छु । व्यवहारमा पनि त्यस्तै भएको हेर्नचाहन्छु ।

चुनावका वारेमा

स्थानीय तहको चुनावको विषयमा एमालेको धारणा के हो ?
एमालेको धारणा चुनाव हुनुपर्छ तीनवटै तहको चुनाव हुनुपर्छ । समयमै हुनुपर्छ र सङ्क्रमणकाललाई अन्त्य गरेर नयाँ सरकारले जिम्मेवारी लिनुपर्छ ।

उहाँले चुनाव गराउन सक्नु भएन भने अयोग्य प्रधानमन्त्री ठहरिनुहुन्छ । अयोग्य र नालायक प्रधानमन्त्री । योग्य र लायक बन्ने हो भने तुरुन्तै चुनावको काममा जुट्नुपर्ने हुन्छ ।

सरकारले चुनाव घोषणाको मिति चाँडै घोषणा गछौँ भनिरहेको छ तर सरकारले किन ढिलोगरिरहेको छ ?
अहिलेसम्म उहाँहरुले कानुन नै ल्याउन ढिला गर्नुभयो । भर्खर मात्र टेबुल गर्नुभएको छ । ल्याउनै ढिला गर्नुभएको छ । अहिलेसम्ममा पास गरी सक्नुपर्नेथियो । निर्वाचन आयोगसँग कुरा गरेर तपाईंहरु आफ्नो काममा लाग्नुस् भनेर भनिसक्ने पर्दथ्यो ।


विधेयक त पेस भयो योसँगै संविधान संशोधनको पनि विषय सरकारले जोडर अगाडि बढाएको छ .

जोड्न मिल्दैन । सबै भिन्न भिन्न विषयहरु हुन् । संविधान संशोधनको कुरालाई सत्तासँग जोड्न मिल्दैन ।

विपक्षले त्यसका लागि दबाब दिन्छ ?
उहाँले चुनाव गराउन सक्नु भएन भने अयोग्य प्रधानमन्त्री ठहरिनुहुन्छ । अयोग्य र नालायक प्रधानमन्त्री । योग्य र लायक बन्ने हो भने तुरुन्तै चुनावको काममा जुट्नुपर्ने हुन्छ ।

निर्वाचनको तयारीमा लाग्नुस्, संविधान संशोधन छोड्नुस् होइन त ?
विलकुल हो । संविधान संशोधनको त अहिले बेलै होइन ।

तपाईं मधेसबाट राजनीति गरेर आउनुभएको संविधान संशोधनविना मधेसमा चुनाव गराउन सकिने अवस्था छ कि छैन ?

चुनाव हुन्छ । केही पार्टीहरुले विरोध गर्लान् । उहाँहरुले विरोध गर्ने कुरा गर्नु हुन्छ । विरोधका कुरा गरेमा साथमा रहेका मान्छेले पनि साथ दिने छैनन् ।

मधेसलाई पनि सम्बोधन गरेर अगाडि बढ्नुपर्ने होइन र ?
खाली मधेसै मधेस भन्नुहुन्छ । को नेता भन्नुस न फलानो व्यक्ति । मधेसको त हामीहरु नै सम्बोधन गरिरहेका छौँ । हामी मधेसकै त नेता हौँ । मधेसबाट चुनिएर आएका मै हुँ । दोब्बर मतले जितेको छु, तपाईलाई थाहा छ कि छैन । अनि के मधेस मधेस भन्नुहुन्छ । मधेस र तराई होइन । केही व्यक्तिको फलना व्यक्ति भन्नुस् न । उनको पनि त मनको कुरा राखिदिनुस न । ठिकै छ मनको कुरा राख्ने हो भने के केसम्मको कुरा हो, ल्याउनुस देशको हितमा के के छ त्यो गरौँ । देशको हितमा हुनु पर्यो नि । विदेशीलाई नागरिकता दिने कुरामा चिन्ता । उसलाई राष्ट्रपति बनाउने कुरामा चिन्ता । विदेशी भाषालाई ल्याउने कुरामा चिन्ता । खोई नेपाली भाषाको बारेको चिन्ता ।

स्थानीय तहको चुनाव गर्न चार महिना लाग्छ भनेको छ निर्वाचन आयोगले, अहिलेकै गठबन्धनबाट चुनाव गराउँदा एमालेलाई समस्या छ कि ?
हामीलाई त्यस्तो केही पनि चिन्ता छैन । किनभने निर्वाचन स्वतन्त्र र निस्पक्ष गराउने कुरा निर्वाचन आयोगको भूमिका प्रमुख रहन्छ । अब तलमाथि भयो भने सरकारले र सम्बन्धित निकायहरुलले त्यसको जिम्मेवारी त बोक्नै पर्छ नि ।

पछिल्लो पटक समाचार आएको थियो, यहाँको पार्टी अध्यक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर गरेको भन्ने कुरा थियो, त्यो सम्भावना कत्तिको छ ?
बाहिर के के आयो भन्ने कुरामा नजाऊँ । सुनसरीमा केके न भयो भनेर भन्दै हुनुहुन्छ, त्यहाँ केही भएकै छैन । त्यस्तै कुराहरु हो ।

चुनाव भए पनि नभए पनि चैतपछि यो सरकारको औचित्यमाथि प्रश्न उठ्ला किनभने गठन हुँदा नै त्यही पृष्ठभूमिमा भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा एमालेले केही न केही पोजिसन त क्लियर गर्नु पर्ला ?
हामीलाई चुनाव चाहिएको छ । सत्ताको निम्ति मरिहत्ते गर्नुपर्ने हामीलाई केही पनि छैन । हामीलाई अहिले सत्ता होइन चुनाव चाहिएको छ । संविधान लागू भएको देख्नु परेको छ । संविधान कार्यान्वयन गर्नुपर्नेछ । देशलाई स्वाभाविक राजनीतिक प्रक्रियामा लग्नुपर्नेछ । सङ्क्रमणकाललाई पूर्ण रुपमा अन्त्य गर्नुछ ।

चुनाव हुन सकेन भने ?चुनाव हुन सकेन भने यो सरकार जान्छ । हटाउनै पर्छ । संविधान पनि धरापमा पर्छ । चुनाव हुन सकेन भने सरकारको औचित्य सकियो । चुनाव नै गराउन नसक्ने हो भने यो सरकार किन चाहियो ?

नयाँ सरकार गठनका लागि एमालेको अग्रसरता त्यति बेला ?शेरबहादुरजीले जिम्मा पाउनु भएकै त छ । उहाँलाई दिए भइगयो त । प्रचण्ड र शेरबहादुरजीकैबीचमा सम्झौता छ । ९/९ महिना सरकार चलाउने भनेर उहाँले नै लिए भइगयो । त्यो कुनै नयाँ कुरा भएन ।

कुरा के हो भन्दा दुई पार्टीको बीचमा जे सहमति हुन्छ, त्यही नै अन्तिम हुन्छ । अहिलेको संसदको संरचनाले त्यही भन्छ । तीनको बीचमा दुईसँग जहाँ सहमति हुन्छ, त्यही हुन्छ । माओवादी एमाले, माओवादी काङ्ग्रेस त्यसैको परिणाम हो ।
अहिले रहेको काङ्ग्रेस माओवादी गठबन्धनलाई तोड्ने हामीलाई चिन्ता छैन । किन त्यो सरकार लोकप्रिय भइदिए पो हामीलाई चिन्ता बढ्ने थियो । अलोकप्रिय हुँदै गइरहेको छ । जनतामा बदनाम हुँदै गइरहेको छ । देशद्रोही र राष्ट्रघातीको आरोप लागिरहेको छ । सारा सरकारभित्रको तमासा तपाईंले हेरिरहनु भएको छ । विकास निर्माणको काम भइरहेको छैन । आर्थिक क्रियाकलाप मन्द र सुस्त छन् । भ्रष्टाचारको नियन्त्रणको बारेमा ढिलासुस्ती व्याप्त छ । अनि यो सरकारलाई तपार्इं रहन दिनुस् न ।


उहाँहरुलाई पनि मधेसमा हिँड्न एमालेले रोक लगाउने कुरा गरेमा के हुन्छ ? एमाले त सबै ठाउँमा छ मात्र होइन, एमालेले शक्ति देखाउन थाल्ने हो भने उहाँहरुलाई जिल्लामा घुम्नै गारो पारिदिन्छ । जिल्ला कुन जिल्ला घुम्नु हुन्छ । गाउँ कुन गाउँ घुम्नु हुन्छ ? कुनै गाउँमा उहाँहरुको मजबुत पकड छ ? बाहिर निस्कन पाउनु हुन्छ ?

जति दिन सरकारमा रहन्छ, त्यति दिन यो पार्टी र सरकार जनतामा बदनाम हुँदै जान्छ । देशभक्तिको आवाज उठाए पो एउटा कुरा हुने थियो । नेपाली स्वाभिमानको कुरा गरेको कहिलै मुखबाट सुन्नुभएको छ । कहिलै पनि देशको सङ्कटको कुरा गरेको कुरा सुन्न पाउनु हुन्न । कुरा के हो भन्दा त्यो नेपालप्रतिको चिन्तै छैन । नेपाल राष्ट्रप्रतिको चिन्ता भएमा पो त्यस्तो कुरा आउने हो ।


यो सरकारलाई कति अङ्क दिनु हुन्छ ?
अहिले अङ्क दिने काम नगरौँ ।

तपाईंहरूले पार्टीकातर्फबाट तराई मधेससँग सम्बन्ध सुधार्न सुरु गर्ने भन्नुभएको छ, मधेसी मोर्चाका नेता एमालेलाई मधेसमा कार्यक्रम गर्न नदिने, निषेध गर्ने जस्ता अभिव्यक्ति दिइरहनु भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

उहाँहरुलाई पनि मधेसमा हिँड्न एमालेले रोक लगाउने कुरा गरेमा के हुन्छ ? एमाले त सबै ठाउँमा छ मात्र होइन, एमालेले शक्ति देखाउन थाल्ने हो भने उहाँहरुलाई जिल्लामा घुम्नै गारो पारिदिन्छ । जिल्ला कुन जिल्ला घुम्नु हुन्छ । गाउँ कुन गाउँ घुम्नु हुन्छ ? कुनै गाउँमा उहाँहरुको मजबुत पकड छ ? बाहिर निस्कन पाउनु हुन्छ ?

त्यस्तै नै बाटो अवलम्बन गर्ने हो भने त एमालेले पनि निर्णय गर्यो रे मानिलिनुस के हुन्छ ? के हुन्छ हालत ? एमालेसँग शक्ति र जनशक्ति कति छ भन्ने कुरा मैले त बताउनुपरेन । तराईमा भएका विशाल जनसभा जनकपुर लाहान, सप्तरी र सर्लाही, महोत्तरी, मोरङ, सुनसरी, बुटवलमा भएका विभिन्न ठाउँमा भइरहको विशाल जनसभा ती सरक्क उभिदियो भने के हुन्छ ।

भन्नुको अर्थ मोर्चाका नेताहरुले गलत निर्णय गर्दै हुनुुहन्छ ?
हो, उहाँहरुले एमाले प्रबोग नगर्दा राम्रो हुन्छ । राजनीतिक कुरालाई राजनीतिक ढङ्गले समाधान गर्नतर्फ लागौँ । त्यसलाई शक्तिको दम्भ देखाउने काम नगरौँ । त्यो त एमाले शान्त भएर न हो । एमालेमा पनि त्यस्तै खाले निर्णय हुन थाल्यो भनेके गर्ने । एमालेसँग पनि त सबैखाले मान्छे छन् । पाका पनि छन्, नौजवान पनि छन् । तातो टेम्परका मान्छे पनि छन् । (लामो हाँसो )

अहिले राष्ट्रियतालाई लिएरजस्तो खाले धु्रवीकरण देखिएको छ, यो समग्रमा देशको हितका लागि स्वस्थकर छ कि छैन ?

होइन, धु्रवीकरणमा राजनीतिक धु्रवीकरण हुन सक्छ । विचारमा त केही फरक पर्दैन तर त्यो देशको हितमा हुनुपर्यो । त्यो नेपालका जनताहरुको हितमा हुनुपर्यो । नेपाली जनताबीचको एकता र सद्भावमा कुनै प्रकारका विखण्डन ल्याउनका लािग हुन भएन । भारतकै सुप्रिम कोर्टले के निर्णय गरेको छ भने जाति र धर्मको नाममा चुनावहरु कुनै पनि प्रचार प्रसार गर्न पाइदैन । जातिको कुराले कतिसम्म असर गर्छ भन्ने कुरा हामीले रुवाण्डामा हेरिसेकाका छौँ । ८ लाख मान्छेले ज्यान गुमाए । अहिले पनि हामीले धर्मको नाममा देखिरहेका छौँ । मान्छेहरु मारिएको मारिएै छन् । त्यसो हुनाले यो धर्म र जातसँग खेलाँची गर्ने काम नगरौँ । नोपलमा पनि यस्ता कुरामा रोक लगाइनुपर्छ । यो जातीय र धर्मको राजनीति बन्द गर्नुपर्छ ।

कतिपय मानिसलाई सन्देह छ कि यहाँको पार्टीको अध्यक्ष प्रमबाट बाहिर निस्कने परिस्थिति सिर्जना भएपछि राष्ट्रियतालाई ‘पोलिटिकल मार्केटिङ’ को विषय बनायो ?
मैले अघि तपाईंलाई फोटो देखाएँ । तपाईले भन्नुहुन्छ भने आर्टिकल पनि दिन्छु । यो कुनै मनोगत कुरा होइन । त्यहाँका माई डियरहरुले यस्तो लेखिरहेका छन् । माई डियरहरुले खुलेआम बोलिरहेका छन् । देशको भूभागलाई स्वतन्त्र बनाउँछौँ भनिरहेका छन् । तैपनि छाडा भएर घुमिरहेका छन् । त्यसो गर्न अर्को कुनै देशले दिन्छ ? यसमा मिडिया, बुद्धिजीवी, राजनीतिज्ञ र अन्य निकाय संवेदनशील बन्नुपदैन ? खेलाँची र हल्का रुपमा लिएका छन् । हामीले छिमेकीलाई भन्नुपर्छ कृपया त्यस्तो काम नगर्नुस् । कृपया नेपालको इतिहास परापूर्वकालदेखि स्वतन्त्र रहिआएको छ । हामीलाई स्वतन्त्रता र हाम्रो राष्ट्रियता प्यारो छ । कसैका अगाडि शिर निहुर्याउनु छैन । कसैको पक्षमा झगडा गर्नु पनि छैन । हामी बाँचौँ र बाँच्न देऊँको सिद्धान्तमा अगाडि बढ्न चाहन्छौँ । शान्ति र सम्मानका साथ बाँच र बाँच्न देऊ ।

यो बीचमा भारतका तर्फबाट राष्ट्रपति, प्रधानमन्त्री विदेशमन्त्रीहरुको भ्रमण भयो तपाईंले यो कुरा उहाँहरुलाई राख्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले यस्तो कुरा त गरेकै छैन । यस्तो मौका पनि पाइएको छैन । अहिलेका भारतीय नेताहरुसँग त्यसरी कुरा गर्ने अवसर पाएको छैन । तर मसँग कुरा गर्न आउने जो सुकैलाई भन्ने गरेको छु । यस्तो कुरा नगर, प्रोत्साहन नदेऊ, राम्रो हुँदैन भनेर । किनभने दुई देश मिलेर बस्नुपर्छ । दुई देश मिलेरै अगाडि बढेमा कल्याण हुन्छ । त्यसो हुनाले शान्ति र स्थायित्व विकासका यी दुई पूर्व सर्त हुन् । शान्ति र स्थायित्वमा असर पर्ने कुनै पनि कुरामा हामी नलागौँ ।

लोकमान प्रकरण

लोकमान प्रकरणमा सर्वोच्चको फैसलालाई कसरी लिनुभएको छ ।
स्वागत योग्य छ । सर्वोच्चले दुईवटा कुरामा महत्वपूर्ण निर्णय गरेको छ । एउटा भनेको प्रादेशिक सीमाङ्कनको बारेमा संविधान संशोधनको बारेमा भनेको छ, प्रदेशको सभाको उपस्थितविना प्रादेशिक संरचना फेरबदल हुन सक्दैन । त्यो कुरालाई हेक्का राख । दोस्रो, लोकमान प्रकरणमा योग्यता नपुगेको मान्छेलाई प्रमुख बनाइयो । यस निर्णयका लागि म प्रधानन्यायाधीश र न्यायाधीशलाई म बधाई दिन चाहन्छु । जहाँसम्म संसदमा दर्ता भएको प्रस्ताव छ, त्यो प्रस्तावलाई के गर्ने भन्ने बारेमा सबै पार्टी बसेर मिलेर टुङ्गो लगाउनुपर्छ ।

चार वर्षपछि मात्र सर्वोच्चले एउटा निर्णय सुनायो यहाँलाई के लाग्छ जो–जो व्यक्तिहरुले सिफारिस गरेर नियुक्ति गर्नसम्म पुर्याएका थिए, उहाँहरुले आत्मसमीक्षा, आत्मालोचना अथाव कारवाही के गरिनुपर्छ ?
यदि उहाँहरुले पैसाको लेनदेनबाट गर्नुभएको छ भने या अरु कसैलाई खुसी पार्न गर्नुभएको छ भने कारवाही हुनुपर्छ । तर भ्रमबाट गर्नुभएको छ, अज्ञानतावस गर्नुभएको छ भने जानकारीको अभावमा गर्नुभएको छ भने क्षमा माग्नुपर्छ ।

तथ्य कतातर्फ बढी ढल्किएको छ ?
त्यो तपाईंहरुले विश्लेषण गर्ने कुरा हो । म बोलिहाल्न मिल्दैन ।

बाहिर एक खाले आक्रोस देख्न पाइन्छ, उनीहरुको के भनाइ छ भने लोकमानलाई नियुक्त गर्दा सबै राजनीतिक दलमा एक खाले सहमति बन्यो तर अहिले… ।
हाम्रो पार्टीमा यसको विषयमा एकमत थिएन, घोर विरोध भयो । विरोध गर्नेमध्ये मै हुँ अघि सरेर ।

तपाईंका अध्यक्ष र अख्तियार प्रमुख झण्डै एकैसमय पदमा पुग्ने संयोग थियो, जसमा उनले सहमति जनाएर अगाडि बढेका हुन् भन्ने कुरा त तपाईंबाट पनि त लुकेको छैन ?

त्यही त हाम्रो पार्टीभित्र विरोध भयो । विरोध भइसकेपछि त्यसमा त्यो राष्ट्रपतिकोमा गएर यो प्र्रक्रियालाई रोक्न चिठ्ठी लेखेर पनि पठाइयो । त्यो सबै पार्टीले गरेको हो नि । तर चुकी सकिएको थियो ।


म सबैलाई दोष दिन्न । मूल नेतृत्व भनेको पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला नै हन्, एमाओवादी र काङ्ग्रेस नै हुन् । हाम्रा त लतारिएका नै हुन् ।

भन्नुको अर्थ पार्टी अध्यक्षले एउटा निर्णय गरिसकेका थिए ?
हो, उहाँले पहिले नै निर्णय गरी सक्नुभएको थियो । हामीले पछि थाहा पयौँ, पहिले नै हामीले पनि कसरी थाहा पाउनु । हामी अन्तर्यामी त थिएनौँ । जब थाहा पाइयो, बैठक बस्न लगाइयो ।

तपाईंको भनाइको अर्थ जजसले लोकमान नियुक्ति प्रक्रियामा भूमिका खेले उनीहरु सबैले माफी माग्नुपर्छ भन्ने होइन त ?
म सबैलाई दोष दिन्न । मूल नेतृत्व भनेको पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला नै हन्, एमाओवादी र काङ्ग्रेस नै हुन् । हाम्रा त लतारिएका नै हुन् ।

आफ्नो अध्यक्षको त माया लाग्दो रहेछ है ?
उहाँ त लतारिएर आउनुभएको हो । उहाँबाट गल्ती भएकै हो । बैठकको बेलसम्म आइपुग्दा उहाँ गलिसक्नुभएको थियो ।

त्यति भन्दैमा लोकमानलाई नियुक्त गर्न भूमिका खेल्ने ओलीले पनि त माफी माग्नु पर्छ होला नि ?गल्ती गरेपछि माफी माग्नुपर्छ । त्यो स्वीकार गर्नुपर्छ उहाँले । बैठकमा त स्वीकार गरी सक्नुभएको छ ।

अब सार्वजनिक रुपमा माफी माग्नुपर्छ भन्ने तपाईंको भनाइ ?त्यो त मूल रूपमा ल्याउनेले नै जिम्मा लिनुपर्यो । प्रचण्डजीले भ्रमबाट हो अथवा के कारणले हो, कुन कारणले हो त्यो स्पष्ट हनु पर्यो ।

तपाईंले कहिलेकाहीँ १२ बुँदे सम्झौताको कुरालाई गलत ढङ्गले प्रस्तुत गर्ने गरिएको कुरा राख्ने गर्नुहुन्छ । कसले त्यस्तो गरेको भनेर भन्न खोज्नुभएको ?
होइन, यही मिडियामा जे आएको सुनिन्छ । कहिले विभिन्न नेताले बालेको सुनिन्छ । कसैले अङ्ग्रेजीमा, कसैले हिन्दीमा ड्राफ्ट भएको भन्छन् । हामी त्यहीँ छौँ । नोपलीमा ड्राफ्ट हामीले गरेको हो । एमाले, काङ्ग्रेस र माओवादी सबैका आआफ्नै ड्राफ्ट थिए । नरायाणकाजीको चौथो ड्राफ्ट थियो । ती चारवटै ड्राफ्ट राखेर हामीले फाइनल ड्राफ्ट गरेको हो । ज्ञानेन्द्रसँगको चाहिने हाम्रो वक्तव्य जारी गरेको सन्दर्भमा पूर्व राजाको वक्तव्यमा हाम्रो एउटा ड्राफ्ट थियो । काङ्ग्रेसको अर्को ड्राफ्ट थियो दुवै राखेर हामीले अन्तिममा फाइनल ड्राफ्ट बनाएर वैशाख १० गतेको मस्यौदा तयार गरेको हो । यसको प्रत्यक्ष साक्षी त म आफै छु ।

बृहद शान्ति सम्झौताको आधार १२ बुँदेसमम्झौता जुन दिल्लीमा भयो त्यसका तीन जना प्रत्यक्षदर्शी हुन या मूल नतेृत्व हुन् । पहिलो प्रधानमन्त्री हुनुहुन्छ, दोस्रो यो संसारमा हुनुहुन्न । तेस्रो तपाईं हो । भनेपछि तपाईं नै बोल्दा बढी बेस होला ।
‘एउटाले बिराउँछ पूरै पुस्तालाई पिराउँछ’ भनेजस्तै एउटा कसैले विदेशीको चाकडी गरे सबै नेताले चाकडी गर्छन् भनेर प्रचार गरियो । कुनै एउटा पार्टीले कुबुद्धि देखायो, जम्मै पार्टीहरु कुबुद्धिपूर्ण छन् भन्ने प्रचार गरियो ।

१२ बुँदे सम्झौतामा भारतको स्टेक कति हो ?
केही पनि होइन । नो नो नो । नो नो नट एट अल । हो भने कल्लै गरेको हो भन्नु पर्यो । १२ बुँदे सम्झौता हामीले गरेको हो । हाम्रो विवेकले गरेको हो । यहाँ भारतको कुनै पनि कुरा ल्याउनु र जोडेर त्यसको जस लिन खोज्नु भ्रम हो । यदि हो भने त्यो कसले हो भन्नुपर्यो । मैले त्यहाँ केही पनि त्यस्तो कुरा देखिन जसले भारतको भूमिका रहेको कुरालाई पुष्टि गरोस् । शङ्कास्पद कसैको पनि व्यवहार थिएन त्यहाँ । हामी त एउटा कोठामा बसेका छौँ । बसेर मस्यौदा गरिरहेका छौँ । त्यहाँ कसैले कसैलाई सोधेको पनि थाहा छैन । कसैसँग प्राइभेटमा कुरा गरेको पनि देखिएन । नभएको झुठो कुरा किन गर्ने ? किन कसैमाथि शङ्का गर्ने । दोष त लगाउनु भएन नि ।

नेपाली बुद्धिजीवी जो १२ बुँदे सम्झौतामा भारतको हिस्सेदारी छ भन्छन्, उनीहरुको कमजोरी देख्नु हुन्छ कि ?
उनीहरुलाई के लाग्छ भने नेपाली नेताहरुले यो गर्न सक्दैनन् । नेपाली नेताहरु सबै विदेशीको इसारामा चल्छन्, विदेशीकोमा जान्छन् । यो आम रोग भएको हुनाले मैले बारम्बार के भन्ने गरेको छु भने यस्तो भ्रम नपाल्नुस, त्यो भ्रम मात्रै हो । नेपाली बुद्धिजीवी यही भ्रमको शिकार भएर भारतीय बुद्धिजीवीको योजनामा भन्दा बाहिर आफूलाई लगेर सोच्न सकेनन् । म अहिले पनि भारतको भूमिकालाई प्रमुख ठान्दिन । त्यो भनेको गौण हो । केपी ओलीको सरकार गिराउनेमा पनि भारतको भूमिकालाई म प्रमुख ठान्दिन । यहाँको आन्तरिक शक्ति सन्तुलन मिलेको भए भारतले चाहेर पनि हटाउन सक्दैनथ्यो । यदि यहाँका पार्टीहरुको सङ्ख्या नपुगेको भए भारतले चाहेर पनि टाउको फोडेर पनि हटाउन सक्थ्यो । संविधान नल्याऊ भनेकै हो । यदि त्यो सङ्ख्या पनि नपुगेको भए संविधान आउने थियो ? सङ्ख्या र बुद्धि पुर्याएर न हो । अहिले कसैको महत्वकाङ्क्षा जगाइदियो । को कसले जगाइदिए आफै पनि जागेको हुन सक्छ । अनि महत्वकांक्षा जगाई दिए भनेर दोष दिँदै हिँड्ने कि त्यस्तोमा लाग्नु हुँदैन भनेर चेत्ने । त्यसको माने आफै आफ्नोभित्र हेर्नुस्, आफूभित्र हेर्नुस् । सँगसँगै बाहिरकालाई हात हाल्न दिनुहुँदैन । बाहिरकाले हात हाल्ने गरेको छ भने त्यसलाई नेपाली प्रतिष्ठाको विषय पनि बनाउनुपर्छ । यहीभित्र पनि म भन्छु, कसैको चाहाना त अझै धेरै थियो होला नि । त्यो अरु कुनै चाहना पूरा हुन दिनेगरी जान पनि सकिन्थ्यो नि । किन हामीलले ध्यान दिएनौँ । किन हामीले ध्यान पुर्याउन सकेनौँ त ? किन हाम्रा आँखा खुला हुँदैनन् ? हामी सबै कम्प्लिकेसनलाई किन बुझ्दैनौँ । फराकिलो आँखाले किन हेर्न सक्दैनौँ । कसले कहाँ कहाँ के के गरिरहेको छ भनेर हेर्न सक्नुपर्यो नि । भनिन्छ– ‘आफ्नो थैलो कस्ने, अरुलाई दोष नदिने’ । तर कसैले चोरी गर्यो भने दोषी हुँदैन भन्ने पनि हुँदैन ।

फरक प्रसङ्गमा पार्टीभित्र पर्याप्त छलफल भएन भनेर संसदमै गुनासो सुनाउनु भएको थियो, आजको दिनमा त्यो संस्कार कहाँ पुगेको छ ?
एमालेभित्र एउटा राम्रो पक्ष के छ भने विचारको विषयमा, राष्ट्रिय हितको सवालमा हाम्रो धारणामा समानता छ, शैलीमा भिन्न छ । देशलाई जोगाउने स्वाभिमानको रक्षा गर्ने, नेपाली भावनालाई प्रवद्र्धन गर्ने कुरामा तर शैली भिन्न छ । हामीले जातीय र क्षेत्रीय भावनालाई डिल गर्दा होस गरेर डिल गर्नुपर्छ । कसैको भावनामा चोट र आघात नपुगोस् भन्ने कुरा गर्नुपर्छ । त्यसैले मैले भारतका नेताहरुलाई बारबार भन्ने गरेको छु, नेपाल सानो छ, यससँग व्यवहार गर्दा होस पुर्याउनुस् । नेपाली जनताको मन कमलो छ । हस्तक्षेप गरियो भने दुःखी हाल्छ । सम्मान गरिएन भने, राष्ट्रियतामा आँच आइपर्यो भने नेपाली जनताको मन कँुडिन्छ । ठूलो शक्तिमाथि के हुन्छ भने यो ठूलो भएर घमण्डले, ध्वंशले गर्दा हो भन्ने हुन्छ । त्यसैले यो सबै कुरामा त्यो भावना भएन भने पनि व्यवहारमा विचार पुर्याउनुपर्छ । पहिलो कुरा भनेको दुवै देशको बृहत्तर हितालई ध्यानमा राखेर सम्बन्ध राख्नुपर्छ । एउटा एउटा पार्टलाई एउटा एउटा पङ्क्तिलाई समातेर हिँडेर दुई देशको बीचको सम्बन्ध समधुर बन्न सक्दैन । नेपाली संवेदनशीलतालाई ख्याल गर्नुपर्छ । नेपाली स्वाभिमानको कदर गरिनुपर्छ । नेपाली भावना के हो बुझ्नु सक्नुपर्दछ । सिङ्गो नेपालको ख्याल गर्नुपर्छ । किन हामी बुद्धको भूमिका मान्छे हौँ । हामीलाई शान्ति र विकास चाहिन्छ । शान्ति र विकासका लागि हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ ।

संविधान संशोधनका लागि जेजे प्रयास भइरहेका छन् र असन्तुष्ट पक्षले जेजे माग राखिरहेका छन् यो विषय एकातिर छ । अर्कोतर्फ पछिल्लो पटक पूर्व राजाले एउटा विज्ञप्ति निकालेर नेपालका राजनीतिक दलहरुलाई नजरअन्दाज गर्ने खालको टिप्पणी भयो । समग्र राजनीतिलाई एक ठाउँमा ल्याएर हेर्दा कहीँ न कहीँ राजनीतिलाई भिन्न कोर्समा लाने पर्दा पछाडि केही खेल भएको हो कि भन्ने तपाईं त आफै पनि पूर्व प्रधानमन्त्री भएको मान्छे केही सूचनाहरु केन्द्रित हुने ठाउँ, के हो यसको सङ्केत ?

नेपालमा नेपाली देशभक्तिको भावना व्यापक रुपमा बढाउनुपर्यो । नेपाली हो कि होइन ? नेपाली भावना छ कि छैन ? यसको परीक्षामा सबैले उभिनुपर्यो । अरु अरुलाई धेरै आरोप लगाउने काम नगरौँ र अरुले यस्तो गरे भने आफै आरोपित हुन्छन् । नपाली जनताको नजरमा गिर्ने कि नेपाली जनताको नजरमा सम्मान प्राप्त गर्ने ? अरुले सोच्ने कुरा हो । त्यसैले नेपालका नेताहरु सबै पार्टीहरु नेपाली धर्तीप्रति नेपाली भूमिप्रति बफादार हुनु पर्यो ।

दाबी गर्न त पाइयो, हो वा होइन भनेर जनताले पहिचान गर्ने…

मैले तपाईंलाई देखाइसकेँ त । कतिपटक देखाऊँ । एकपछि अर्को लेख मसँग छ । फोटै छ, नामै छ । मसँग त्यस्ता आर्टिकलहरु धेरै छन् । यहाँ बोलेका यहीँ नेपालका भनिने कतिपय नेताहरुले बोलेको कुरा पनि हामीले सुनेका छौँ । नेपालीको मुखबाट निक्लिनै नहुने सुहाउँदै नसुहाउने कुरा पनि निक्लिरहेका छन् ।

नेपालको राजनीति आजको दिनमा पोखरीको डिलमा गएर झुण्डिएको जस्तो छ । त्यसलाई खस्न दिने कि अब मैले त्यसलाई समाएर रेस्क्यु गर्छु भनेर तपाईंले पहल लिने ?
एउटा व्यक्तिले रेस्क्यु गर्छु भनेर पुग्दैन । कि त त्यसका लागि नेकपा एमालेसँग प्रचण्ड बहुमत भयो भने एमाले एक्लैले पनि सक्छ । तर नेकपा एमालेले त्यस्तो बेलामा दरो अडान लियो भने, किनभने जनमत त्यसको पक्षमा छ । अरु पार्टीमा पनि एमालेको भूमिका महत्वपूर्ण हुन्छ । जनताले पत्याएर दोस्रो बनाएका हुन् । राष्ट्रिय राजनीतिमा यसले आफ्नो भूमिका खेल्दै आएको छ । जति पनि महत्वपूर्ण कामहरु छन्, एमालेको पालामा भएका छन् । एमालेको भूमिका लोकतान्त्रिक आन्दोलनमा मात्र होइन, विकासमा पनि महत्वपूर्ण रहेको छ । जनतालाई संस्कृतीकरण गर्दै अधिकार सम्पन्न बनाउने कुरामा पनि एमालेको भूमिका महत्वपूर्ण भएको हुनाले एमाले जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । कसैलाई होच्याउने औँला ठड्याउन पनि जरुरी छैन । तर हाम्रो स्वाभिमानमा आँच नपुगोस् भन्नेमा संवेदनशील हुनु जरुरी छ ।- माधवकुमार नेपाल, एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री, रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget