Websoft University

www.radiomakalu.com || 021-522512


जावाफ देहिता सम्बन्धी फोटो प्रर्दशनी सम्पन्न




विराटनगर माघ ८ गते । नागरिकलाई फोटोको माध्यमद्धारा जवाफदेहिता सम्बन्धी सचेत गराउने उद्देस्यले आयोजना गरिएको फोटो प्रतियोगिता तथा प्रर्दशनी सम्पन्न भएको छ ।


विराटनगरको नमस्कार होटलमा शुक्रबार आयोजना गरिएको प्रतियोगीता तथा प्रर्दशनीमा विरगन्जका सुशिल कुमार शाहले जुरी एवार्ड प्राप्त गरेका छन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गरे । त्यसैगरी विराटनगरका नितेश वस्ती बेष्ट मोबाईल फोटो विजेता भए । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे । विकल्प एण्ड अल्टरनेटिभको आयोजनामा गरिएको प्रतियोगीता तथा प्रर्दशनीमा पब्लीक च्वाईस अवार्ड अन्र्तगत विराटनगर कै सरोज पौडेललाई प्रदान गरीएको छ । पौडेलले नगद १० हजार नगद पुस्कार प्राप्त गरे । नेपाल मै पहिलो पटक आम–नागरिकलाई जवाफदेहिता तथा सचेत गराउने उद्धेस्यले आयोजना गरिएको कार्यक्रम संयोजक मदनकृष्ण प्रधानले जानकारी दिए । विजेताहरुलाई निर्णक समितीका डा.सन्देश दास श्रेष्ठ, निर्मल तामाङ र बसन्त अधिकारीले हस्तान्तण गरेका थिए । प्रेम देवान




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget