Websoft University

www.radiomakalu.com || 021-522512


मोर्चाबाट छुट्टै संशोधन दर्ता हुने ः अध्यक्ष ठाकुर

काठमाडौँ, पुस २१ गते । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराउने भएको छ ।

बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मोर्चाको प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई नरोक्ने दाबी पनि गर्नुभयो ।

“सङ्क्रमणकालीन अवस्थामा संविधानको धारा २७४ ले संशोधनलाई छेक्दैन, यो अहिले निस्क्रिय छ, प्रदेशसभा गठन भइसकेपछि मात्र सक्रिय हुने भएकाले यसको अहिले औचित्व छैन” – उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति आफूहरुको सरोकार नरहेको बताउँदै अध्यक्ष ठाकुरले भन्नुभयो – “हाम्रा माग पूरा नभएसम्म विरोध जारी रहन्छ ।”

क्लबका अध्यक्ष ऋषि धमलाले संविधान संशोधन प्रस्तावमा दलीय सहमति जुटाउन दबाबस्वरुप ज्ञापन बुझाएको जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget