इंग्ल्याण्डविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा भारतका युवराज सिंहले शतक बनाएका छन् ।
कटकस्थित बाराबती स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको भारतको सुरुवात बराख थियो । केएल राहुल, शिखर धवनसँगै कप्तान विराट कोहली सस्तैमा आउट भएपछि मात्र २५ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
तर, युवराज र महेन्द्र सिंह धोनीले भारतीय पारी सम्हाले । यसक्रममा युवराजले ९८ बलमा १५ चौका र एक छक्काको मदतमा शतक प्रहार गरे ।
यो २०११ को विश्वकपपछि युवराज सिंहको पहिलो शतक हो । क्यान्सरको उपचारपछि स्वस्थ्य बनेका युवराज त्यसयता भारतीय टिममा स्थान बनाउन संघर्षरत थिए ।-अनलाइनखबर
Post a Comment