Websoft University

www.radiomakalu.com || 021-522512


बुढानीलकण्ठमा आयुर्वेद तथा योग अस्पताल बन्ने, १ करोड लगानी

yoga

सरकारले काठमाडौंको बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बुढानिलकण्ठ- ४ मा सरकारी लगानीमा केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

१३ रोपनी ११ आना जग्गामा फैलिने आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र सुरुमा ५० शैयाको हुनेछ । यसमा नसर्ने रोगहरुको उपचार आयुर्वेदिक पद्दतीबाट गरिने छ ।

स्वास्थ्य मन्त्रालय आयुर्वेद विभागका चिकित्सक डा. शंकर गौतमका अनुसार केन्द्र स्थापनाको लागि आयुर्वेद विभागले एक करोड रुपैयाँ बजेट समेत छुट्याइसकेको छ । थप बजेट केन्द्र स्थापना भएसँगै थपिँदै जाने डा. गौतमले बताए ।

उनले भने, ‘हालका लागि पञ्चकर्मसहित नसर्ने रोगबारे उपचार गरिने यस केन्द्रमा सम्पूर्ण उपचार आयुर्वेद, योग र प्राकृतिक चिकित्सा पद्धतिमा आधारित हुनेछ । त्यसको लागि हामीले कार्यक्रम मन्त्रिपरिषदमा आजै पेश गरेकोमा पारित पनि भएको छ ।’

अब बजेट आउनासाथ अगाडिको काम सुरु हुनेछ । यद्यपी, अहिले नितिगत निर्णयमात्र भएकाले केन्द्रको निर्माण कहिलेसम्म हुन्छ भनेर अहिले नै यकिन भन्न नसकिने डा. गौतम बताउँछन् ।

हाल काठमाडौंको नरदेवीमा आयुर्वेदिक सरकारी अस्पताल छ भने सिंहदरवार वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ । हालै बारामा योग गुरु रामदेवको प्रमुख लगानीमा आयुर्वेदिक उद्योग स्थापना भएको थियो ।
बुढानिलकण्ठमा आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र स्थापना भएपछि जडिबुटीको क्षेत्रमा धनी मानिएको नेपालमा जडिबुटीको विकास तथा प्रवर्द्धनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।-ऋचा अर्याल, अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget