बिग बसको १० औं संस्करणको फिनाले आइतबार भारतको लोनावालमा भयो । मनवीर गुर्जर कार्यक्रमका बिजेता घोषित भए । स्मरण रहोस्, मनवीरसँगै मनु पञ्जाबी, लोपामुन्द्रा राउत र गुरबानी जज अर्थात बानी पनि फिनालेमा पुगेका थिए ।
फिनालेको क्रममा ‘बिग बस’ को तर्फबाट चारै फाइनालिष्टलाई १० लाख रुपैयाँ लिएर कार्यक्रमा छोड्ने शर्त अघि सारियो ।
– दुबैको अगाडि एउटा बजर राखिएको थियो । शर्त यो थियो कि चारजनामध्ये जसले पहिलो बजर दबाउँछन् उनलाई १० लाख रुपैयाँ दिएर फिनालेको दौडबाट बाहिर गरिन्छ ।
– अन्तिमम, मनु पञ्जाबीले बाहिर निस्कने निर्णय लिए । उनी १० लाखसहित कार्यक्रमबाट बाहिरिए ।
टप टुमा पुग्न सकिनन् लोपामुन्द्रा राउतः
– लोपामुन्द्रा राउतले फिनालेसम्म पुग्नका लागि निकै मेहनत गरिन् । उनी शीर्ष तीन फाइनलिष्टमा संलग्न पनि भइन् ।
– यद्यपी, शीर्ष दुईमा पुग्नका लागि भने उनी चुकिन् । भोटको आधारमा उनी तेस्रो स्थानमा रहिन् र फिनालेबाट बाहिरिइन् ।
बिजेतको रुपमा घोषित भएपछि उनले आफूले पाएको नगद पुरस्कारको केही हिस्सा सलमानको ‘बिइङ ह्युमन’ लाई दान दिएका छन् ।
रनर अप बानीलाई उनले अत्यधिक भोटले हराउँदै ४० लाख नगद पुरस्कार जितेका छन् ।-एजेन्सी
Post a Comment