Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय निर्वाचन गरेर मात्र संविधान संशोधन गरौंः शशांक कोइराला

 shashanka-kourala
विराटनगर, पुष २१ गते । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संसोधन प्रकृयामा जानुपर्ने वताएका छन् ।मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न दलहरु स्थानीय निकायको निर्वाचनका लागि तयार हुनुपर्ने कोइरालाको भनाई थियो ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले तहगत निर्वाचनमा जान अहिलेको अवस्थामा समय नरहेको भन्दै यथास्थितिमा नै स्थानीय निर्वाचन हुनु पर्ने धारणा राखे ।
महामन्त्री कोइरालाले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि दलहरुवीच छलफलको माध्यामवाट संविधान संशोधनको प्रकृयालाई टुंग्याउन सकिने बताए ।
अर्को प्रशंगमा कांग्रेस महामन्त्री कोइरालाले ८४ प्रतिशत हिन्दु धर्मालम्वी रहेको मुलकमा हिन्दू राष्ट्र वनाउने विषयमा कुरा उठ्नु स्वाभाविक रहेको बताए । उनले तीन तहको निर्वाचन सम्पन्न गरेर धर्मनिरपेक्षताका विषयलाई जमतसंग्रहवाट टंुग्याउन सकिने बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget