Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराष्ट्रपति डा यादवको स्वास्थ्य अवस्था सामान्य



काठमाडौँ, माघ ७ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका डा यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उहाँका छोरा चन्द्रमोहन यादवले जानकारी दिनुभयो ।

विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा यादवलाई पेटमा समस्या भएको थियो ।

उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget