Websoft University

www.radiomakalu.com || 021-522512


न्यायाधीश नियुक्तिमा मधेसी मोर्चाको आपत्ति



न्यायाधीश नियुक्तिमा मधेसी मोर्चाको आपत्ति

काठमाडौ पुस २९ गते । मधेसी मोर्चाले न्यायाधीश नियुक्तिप्रति आपत्ति जनाएको छ । बिहिबार राती भएको न्यायाधीस नियुक्ति समानुपातिक नभएको भन्दै आपत्ति जनाएको हो । मोर्चाका नेताहरुले न्यायाधीस नियुक्तिबारे शुक्रबार बसेको तीन दलको बैठकमै चर्को विरोध गरेका थिए ।

यसैबीच सद्भावना पार्टीले आज दिउसो एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सद्भावनाका महासचिव मनिषकुमार सुमनले जारी गरेको विज्ञप्तिमा विगतमा भएका लोकतान्त्रीक गणतन्त्रात्मक आन्दोलन तथा मधेश आन्दोलनपछि मुलुक समावेशी–समानुपातिक पद्धतिबाट संचालन गर्ने भनिएपनि सरकारले राज्यका विभिन्न निकायहरुमा बेला–बेलामा गंदै आएको नियुक्ती प्रकृया समावेशी–समानुपातिक नभएको प्रश्ट भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘हाल गरिएको न्यायाधीश नियुक्ती, न्याय परिषद् ऐन २०६३ को दफा ५ को वर्खिलाफ त हो नै, उक्त नियुक्ती नेपालको संविधान २०७२ को दफा ३८, ४०, र ४२ को पनि उल्लंघन हो । सद्भावना पार्टी उक्त न्यायाधीश नियुक्ती प्रक्रियाको विरोध गर्दै, सम्बन्धित निकायहरुलाई अबिलम्ब समावेशि–समानुपातिक सिद्धान्त अनुसार सच्चयाउन मांग गर्दछ ।’

नियुक्ती प्रकृयामा सामेल रहनेगरेका पदाधिकारीहरुले आ–आफ्ना जाती–समुदाय, आसे–पासे र दलगत आधारलाई मात्र प्रश्रय दिने गरेकाले समावेशी–समानुपातिकता सहितको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक ब्यवस्थालाई नै उपहास गरेको सद्भावनाले ठहर गरेको छ ।-रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget