Websoft University

www.radiomakalu.com || 021-522512


पृथ्वीनारायणबारे प्रचण्डको टिप्पणीः विदा दिन सकारात्मक छु, एकीकरणको श्रेय उनैलाई जान्छ


एक्लै निर्णय गर्न नसक्ने, सर्वमान्य बनाई विदा घोषणा गर्ने
prachand

चितवन,पुष २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनका लागि सबैको सहमति खोज्न प्रयास गर्ने बताएका छन् ।

पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री प्रचण्डले त्यसको पूर्वसन्ध्यामा आफू पृथ्वी जयन्तीमा विदा दिन सकारात्मक रहेको बताएका हुन् ।

चितवनको भरतपुर उमपहानगरपालिकाको तेस्रो नगरपरिषद उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ, उहाँको भूमिकालाई सकारात्मक रुपमा लिएका छौं ।’

पृथ्वी जयन्तीमा विदा दिनेबारे दुईपटक मन्त्रिपरिषदमा पनि कुरा भएको प्रधानमन्त्रीले बताए । उनले भने- ‘सबैसँग छलफल गरी सर्वमान्य बनाई घोषणा गर्नेछौं, एक्लै यो निर्णय गर्न मिल्दैन ।’

दोस्रो जनआन्दोलनताका पृथ्वीनारायण शाहको शालिकहरु ढाल्ने कार्य गलत हो भन्दै आफूले आफ्ना कार्यकर्ताहरुलाई त्यसो नगर्न निर्देशनसमेत दिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

तर, पृथ्वी नारायण शाहले राज्य बिस्तार मात्रै गरे की राष्ट्रिय एकताको पनि नेतृत्व गरे भन्ने कुरा भने विषयको बहस रहेको उनले बताए ।

उनले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

पूर्वराजपरिवारको सम्पत्ति भाडामा लगाउनु उचित नहुने

यसैवीच पछिल्लो समय नेपाल ट्रष्टका नामा रहेको पूर्वराजा वीरेन्द्रको जग्गा निजी कम्पनीहरुलाई भाडामा दिने प्रवृत्ति बढेकोप्रति आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताए । उनले त्यसो गर्नु उचित नहुने बताए । त्यो जग्गा सरकारले नै उपयोग गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

त्यसैगरी पछिल्लो समय कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच विवादलाई केही दिनभित्रै अन्त्य गर्न पहल गर्ने उनले आश्वासन दिए ।

भरतपुरमा चाँडै चक्रपथ

प्रधानमन्त्री प्रचण्डले भरतपुर नगर क्षेत्रभित्र तुरुन्तै चक्रपथ निर्माणको लागि निर्देशन दिने पनि बताए । नगरबासीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनले काठमाडौं जानेबित्तिकै चक्रपथ निर्माणको लागि काम गर्न निर्देशन दिने बताएका हुन् ।

पश्चिम चितवनको मेघौलीमा रहेको गोलाघाटमा पुल निर्माण गर्न सकेमा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको भन्दै प्रचण्डले मेघौलीबाट नवलपरासी जोड्ने नारायणी नदीमा पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।

क्यान्सर अस्पतालमा चिनियाँ उपकरण भित्र्याइने

दक्षिण एशियाकै ठूलो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ उपकरण भित्राउन चीन सरकारसँग कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए । मेसिन भन्दा पनि त्यहाँका कर्मचारीका कारण अस्पताल समस्यामा परेको भन्दै उनले गलत काम गर्ने कर्मचारीलाई बिभागीय कारबाही गर्ने चेतावनीसमेत दिए ।-राजेन्द्र आचार्य,अनलाइनखबरको

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget