Websoft University

www.radiomakalu.com || 021-522512


कुन उमेर समूह र कस्ता रोगीले कति अण्डा खाने ? थाहा पाउनुस् डाक्टरका कुरा



हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारिरिक अवस्थाका कारण अण्डा खाने मात्रा भिन्न हुने गर्दछ । मेडिकल डायटिशियन डा. अमिता सिंहले अण्डा खाँदा थाहा हुनुपर्ने सम्पूर्ण जानकारी बताएकी छिन् ।

अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ । यदि तपाईंले अण्डा धेरै खानुहुन्छ भने कार्बोहाइड्रेटयुक्त खानेकुरा जस्तै ब्राउन ब्रेड, दूध, ध्यू वा रोटी पनि धेरै खानुपर्छ ता कि अण्डाको प्रोटिन पूर्ण रुपमा अवशोषित हुन सकोस् ।

थाहा पाउनुस् एउटा अण्डामा हुने पोषक तत्वः
प्रोटिनः ३१ ग्राम

क्यालोरीः ७० ग्राम

फ्याटः ४ ग्राम

सोडियमः ६२ मिलिग्राम

पोटासियमः ५९ मिलिग्राम

५–१० वर्षको उमेरमाः

एउटा अण्डाः यदि तौल कम छ भने अण्डाको पहेंलो भागसँग खानुहोस् । तौल बढि छ भने पहेंलो भाग बिना नै खानुहोस् ।

१०–१५ वर्षको उमेरमाः
एउटा अण्डा पहेंलो भाग सँगै खानुहोस् अर्को अण्डाको सेतो भाग मात्रै खानुहोस् ।

तौल कम छ भने पहेंलो भागसँगै खानुहोस् यदि बढि छ भने सेतो भागमात्र खानुहोस् ।

१५ देखि २० वर्षको उमेरमाः
तीनदेखि चारवटा अण्डा खानुहोस् ।

यदि प्रोटिनका अन्य स्रोत जस्तै पनिर वा कुखुराको मासु खानुहुन्छ भने अण्डाको मात्रा कम गर्नुहोस् ।

२० देखि ३० वर्षको उमेरमाः
दुईदेखि तीनवटा अण्डा ।

तपाईंको तौलको आधारमा पहेंलो भाग खाने नखाने बिचार गरेर खानुहोस् ।

३० देखि ४० वर्षको उमेरमाः
दुईवटा अण्डा पहेंलो भाग बिना ।

यो उमेरमा तौल बढ्ने अत्यधिक सम्भावना हुन्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।

४० देखि ५० वर्षको उमेरमाः
दुईवटा अण्डा पहेंलो भाग बिना नै खानुहोस् । मेटाबोलिजम कमजोर हुने भएकाले पहेंलो भाग बिना नै खानु फाइदाजनक हुन्छ ।

५० देखि ६० को उमेरमाः
एउटा अण्डा पहेंलो भाग बिना । मुटु रोगको सम्भावना बढ्नसक्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।

गर्भवती हुँदाः
दैनिक दुईवटा अण्डा खानुहोस् । पहेंलो भाग सँगै खानुहोस् । यसमा पाइने एल्ब्यूमिनले गर्भको बेला निकै फाइदा पुर्याउँछ ।

मुटु रोग भएका/रक्तचापः
हप्तामा तीन दिन पहेंलो भाग बिना एउटा अण्डा खानुहोस् । अण्डामा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुन्छ जसले मुटु रोग र रक्तचापको सम्भावना अत्यधिक हुन्छ । त्यसकारण अण्डा धेरै खानबाट बच्नुहोस् ।

मृगौला रोगीः
चारवटा अण्डा पहेंलो भागबिना खानुहोस् । अण्डामा म्याग्नेसियम हुन्छ जसले मृगौलाको समस्याबाट बचाउन सहयोग गर्दछ ।

क्यान्सरः
चारदेखि पाँचवटा अण्डा । यसमा पाइने क्याल्सियम, आइरनले नयाँ सेल्स बन्न सहयोग गर्दछ ।

थाइराइडः
दैनिक दुईवटा अण्डा पहेंलो भाग सँगै खानुहोस् । यसमा एमिनो एसिड, सेलेनियम हुन्छ जसले थाइराइडलाई नियन्त्रणमा राख्दछ ।

बडी बिल्डर्सः
दैनिक १२ देखि १३ अण्डा । यो प्रोटिनको राम्रो स्रोत हो जसले मासंपेशी बलियो बनाउँछ ।

थाहा पाउनुस् अण्डा खानुका अन्य फाइदाः

तेज स्मरण शक्तिः
यसमा भिटामिन बी१२ र कोलीन हुन्छ जसले दिमागलाई तेज बनाउँछ भने स्मरणशक्ति बढाउँछ ।

रक्तअल्पत्ताः
यसमा आइरनको मात्रा धेरै छ जसले रक्तअल्पत्ताको समस्यालाई टाढा राख्न मद्दत गर्दछ ।

जोर्नी दुखाईः
अण्डामा भिटामिन ‘डी’ को मात्रा अत्यधिक हुन्छ जसले जोर्नीको दुखाईलाई कम गर्दछ ।

आँखालाई फाइदाः
अण्डामा भिटामिन ए को मात्रा अत्यधिक हुन्छ जसले आँखालाई फाइदा पुर्याउँछ ।

क्यान्सरः
यसमा फोलिक एसिड हुन्छ जसले क्यान्सरबाट बच्नसमेत सघाउ पुर्याउँछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget